गायक मिलन लामाको अभियानलाई अमेरिकाबाट सहयोग
काठमाडौं– लोकदोहोरी गायक मिलन लामाको ‘बाढी पीडितलाई घर’ अभियानलाई अमेरिकाबाट एकहजार डलर सहयोग प्राप्त भएको छ । तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्नियाबाट प्राप्त उक्त रकम बुधबार(कात्तिक १५ गते) एक कार्यक्रमका बीच नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले गायक लामालाई प्रदान गरे ।
गत साउनमा गएको बाढीका कारण चितवन रत्ननगरको चेपाङ वस्तीमा धेरैले क्षति बेहोरेका थिए । सोही स्थानमा विभिन्न सहयोग रकम जुटाउँदै गायक लामाले पाँच वटा घर निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरिसकेका छन् ।
लामाको उक्त अभियानबाट प्रभावित भएर थप घर बनोस भन्ने उद्देश्यका साथ तामाङ कोअपरेसनले सहयोग रकम पठाएको कोअपरेसनकी सदस्य पार्वती तामाङले जानकारी दिइन् । ‘यो हाम्रो सानो सहयोग हो, आगामी दिनमा थप सहयोग गर्ने कोसिसमा रहनेछौं,’ उनले भनिन् ।
आफ्नो अभियानलाई साथ दिएकोमा खुसी व्यक्त गर्दै गायक लामाले कोअपरेसनका अध्यक्ष भोजकुमार दोङलगायत कोअपरेसन परिवारलाई धन्यवाद दिए । ‘फेसबुकको अभियान थियो, बाढी पीडितलाई घर, यसैमार्फत पाँच घर बनिसकेको छ, गरिबको घर बनाउने क्रममा तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्नियाबाट एक लाख तीनहजार रकम प्राप्त भयो, उहाँहरुलाई धन्यवाद, म पक्कै पनि यसको सही सदुपयोग गर्नेछु,’ गायक लामाले भने । गायक लामाले अगामी दिनमा एकसयवटा घर बनाउने आफ्नो लक्ष्य रहेकोले सहयोगका लागि सबैलाई अनुरोध समेत गरे ।
घेदुङका अध्यक्ष गोले, घेदुङका सचिव रामकृष्ण लामा र तामाङ सञ्चार समूहका अध्यक्ष जगतमान दोले सहयोगीप्रति आभार व्यक्त गर्दै लामाको अभियान सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा इटाली निवासी मिला थोकरले पनि दशहजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा