शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा नेपाली समुदायले मनाए हलोविन पर्व

बुधबार, १५ कात्तिक २०७४, ११ : ३७
बुधबार, १५ कात्तिक २०७४

अमेरिका–हरेक बर्षको अक्टोबर ३१ तारिखमा मनाइने हलोविन पर्व अमेरिकामा रहेका नेपाली समुदायले पनि मनाएका छन् । बिशेष गरि अमेरिकामा जन्मेका दोस्रा पुस्ताका साथै सानो उमेरमा अमेरिका आएर पढ्न थालेका बालबालिका ,किशोर किशोरीहरु तथा उनका साथमा हिँडेका अभिभावकहरुले पनि मनाएका हुन् ।
अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने नेपाली समुदायले पनि मनोरन्जन पूर्वक मनाउन थालेका छन् । नेपालमा तिहारमा देउसी भैलो खेले झैँ अमेरिकाका बालबालिकाहरुले ट्रिक अर ट्रीटिंग अर्थात छल या व्यवहार गर भनि हलोविन पर्व मनाएका छन् । 
यसक्रममा अमेरिकाका बिभिन्न राज्यमा रहेका नेपाली समुदायका बालबालिकाहरुले देउसी भैलो खेल्नुकासाथै हेलोविन पनि खेलेका छन्  । हेलोविन खेल्न आउनेलाई मिठाई मात्र दिने चलन छ । नेपालको तिहारको समय र हेलोविनको समय कहिलेकाही एक दुई दिनको फरकमा पर्न जान्छ । हेलोविन खेल्न जाने बालबालिकाले काला ,सेता बस्त्र ,भूत पर्यटक ,होलिका ,भोजमा लगाईने बिशेष पोशाकमा सजिएर घर दैलोमा पुगि मिठाई माग्दै मनोरंजन गर्दछन । 
हलोविन के हो ? किन मनाइन्छ ?
हलोविन वा ह्यालविन (अल ह्यालज् इभिनिङको छोटकरी) विश्वका धेरै देशहरूमा प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो यो । हलोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ । यो चाड इसाई धर्ममा बढि प्रचलित छ । गर्मीलाई बिदाई गर्न पनि यो चाड मनाइन्छ । यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्युजिल्यान्ड आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मनाइन्छ। यी बाहेक अरु देशमा मनाइन्छ ।
पछिल्लो समय यो चाड मनाउने देशको संख्या बढ्दो छ । आइरिस् (आयरल्यान्डका बासिन्दा) र स्कटिस् (स्कटल्यान्डका बासिन्दा)ले यो चाड उत्तर अमेरिकामा ल्याएको जानकारहरु बताउछन् । हलोविन शब्दको प्रयोग पहिलो पटक सोह्रौ शताब्दीमा प्रयोग गरिएको हो भने यसलाई सन्यासी दिवसको नामले पनि बुझिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप