बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बालकृष्णको यो अन्तर्वार्ता सम्पादन हुँदाहुँदै उनी पक्राउ परे (भिडियो अन्तर्वार्ता)

मङ्गलबार, १४ कात्तिक २०७४, १७ : ४५
मङ्गलबार, १४ कात्तिक २०७४

काठमाडौँ । सर्वोच्च अदालतले सात दिनभित्र बालकृष्ण ढुंगेललाई पक्राउ गर्ने आदेश जारी गर्दा पनि उनी अर्धभूमिगत नै थिए । आदेश लगत्तै ढुंगेल भारत पलायन भएको खबरहरु सार्वजनिक भए । हुन त त्यसपछि पनि उनी काठमाडौँमै थिए ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठ हत्या प्रकरणमा उनलाई सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद फैसला गरेको थियो । त्यसपछि उनको राजनीतिक जीवन धरापमा प¥यो । उनको स्वास्थ्य त खराब छँदैथियो, राजनीतिक जीवन पनि संकटमा परेपछि उनी गीत र संस्मरण लेखनमा लागेका थिए ।

ठूलो होहल्लासहित धेरैले सोधेको प्रश्न थियो– सर्वोच्चको फैसलापछि पनि ढुंगेल किन पक्राउ पर्दैनन् ? तर विरलै सोधिएको प्रश्न थियो र छ – ढुंगेलको मुद्दा वास्तवमा कुन प्रकृतिको थियो ? के यो मुद्दा शान्ति प्रकृयासँग जोडिन्थ्यो कि सामान्य फौजदारी मुद्दा थियो ? के उनी स्वयम् अदालतद्वारा नै अन्यायमा त परेका थिएनन् ? 

रातोपाटी अनलाइन टिभीको कार्यक्रम डिस्क्लोजरमा उनलाई प्रस्तुत गर्ने तयारी गर्दैगर्दा हामीसँग यिनै प्रश्न थिए । अनेक हल्लाका बाबजुद उनी काठमाडौंँमै थिए । रातोपाटी स्टुडियोमा उनीसँग छलफल गरिरहँदा हामीले अनुमान त गरेका थियौं कि उनको गिरफ्तारी जुनसुकै दिन हुनसक्छ । 

जब उनको गिरफ्तारीको खबर सनसनीखेज भयो, यो अन्तर्वार्ता तपाईंका निम्ति पक्कै एक भिन्न अवाज हुनसक्छ भन्नेमा हामी ढुक्क भएका छौं । प्रस्तुत छ युग पाठकले डिस्क्लोजर कार्यक्रमका लागि उनीसँग गरेको कुराकानी :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी अनलाइन टिभी
रातोपाटी अनलाइन टिभी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप