मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बाराका म्यादी प्रहरीलाई तालिम

मङ्गलबार, १४ कात्तिक २०७४, १७ : २५
मङ्गलबार, १४ कात्तिक २०७४

बारा– मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना गरिएका म्यादी प्रहरीलाई तालिम दिन सुरु गरिएको छ ।
 जिल्लामा म्यादीका लागि आवेदन दिएका १३५६८ जनामध्ये छनोट भएका २५४७ जनालाई मंगलबारबाट तालिन दिन थालिएको हो ।
छनोट भएका पुरुष तर्फ १९४० जना र महिलातर्फ ६०७ जना गरी जम्मा २५४७ जना म्यादी प्रहरीहरुलाई ईलाका प्रहरी कार्यालय सिमरा, निजगढ, सिम्रौनगढ र कोल्हवी गरी ५ ठाउँमा एकै समयमा हुने निर्वाचन सम्बन्धि पाठ्यक्रम अनुसार आन्तरिक तथा बाह्य प्रशिक्षण दिन सुरु गरिएको हो ।  
तालिमको बारा कलैया उपमहानगरपालिका वडा नं.३ स्थित सिद्धेश्वर संस्कृत मा.वि.को प्राङ्गणमा बरा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले उद्घाटन गरेका थिए । तालिमको उद्घाटन गर्दै प्रमुख बैदवारले म्यादीको काम कर्तव्यबारे जानकारी गराउदै कसैको बहकाव तथा प्रलोभनमा नपरी जिम्मेवारी ईमन्दारीपुर्वक निर्वाह गर्न निर्देशन दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप