बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रोहिङ्गा शरणार्थी चढेको डुङ्गा दुर्घटना, चार जनाको मृत्यु

मङ्गलबार, १४ कात्तिक २०७४, १७ : २३
मङ्गलबार, १४ कात्तिक २०७४

बङ्गलादेश - अत्याधिक धेरै यात्रु चढेको डुङ्गा दुर्घटना हुँदा बङ्गलादेशमा मङ्गलबार कम्तीमा चारको मृत्यु भएको छ । 

म्यानमारबाट भागेर शरणार्थी हुन पुगेका शरणार्थीहरु चडेको डुङ्गा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । 

खराब मौसमका कारण शाम्लापुर गाँउनजिकै डुङ्गा दुर्घटनामा परेको प्रहरी अधिकारीहरुले जनाएका छन् । 

शाम्लापुर गाँउ म्यानमारमा भएको हिंसाका कारण भागेर आएका हजारौ रोहिङ्गा शरणार्थीहरु बसोबास गर्दै आईरहेको गाँउ हो । 

गत अगस्तदेखि म्यानमारबाट लाखौ शरणार्थीहरु डुङ्गा चढेर बङ्गलादेशमा शरणार्थी हुन आईपुगेका छन् । 

“सानो डुङ्गामा ३३ जना चढेका थिए, खराव मौसम र समुद्रको उच्च तरङ्गका कारण दुर्घटना भएको हो,” एक जना स्थानीय प्रहरी प्रमुख अबुल खैरले एएफपीसँग भन्नुभयो । 

उहाँले दुर्घटना भएलगत्तै उद्धार गर्न जाँदा एक जनाको घटनास्थलमै मृत्यु भएको र अरु ६ जनालाई उद्धार गरेर नजिकैको अस्पतालमा गम्भीर अवस्थामा लगिएकोमा थप तीन जनाको मृत्यु भएको बताउनुभयो । 

उहाँका अनुसार पिडितहरु सवै जना म्यानमारको बुथिडाउङ जिल्लाबाट भागेर आएका रोहिङ्गा शरणार्थीहरु हुन् । 

म्यानमारको राखिने राज्यबाट भाग्नेहरुको सङ्ख्या गत अगस्त २५ देखि अहिलेसम्म ६ लाख पुगेको छ । 

उनीहरु मध्ये अधिकांश स्थलमार्ग हुदै छिमेकीदेखि बङ्गलादेश आएका छन् भने उनीहरु बसेको शिविरहरुमा हिंसाका कारण विरामी र घाइतेहरु धेरै रहेका छन् । 

गत अगस्तदेखि अहिले सम्म समून्द्रि मार्गमा २०० भन्दा बढी डुङ्गा दुर्घटना भएको छ । 

संयुक्त राष्ट्रसंघले म्यानमारको राखिन राज्यमा हिंसा सुरुभए यता गत अगस्तदेखि अहिलेसम्म छ लाख पाँच हजार रोहिङ्गा शरणार्थीहरु बङ्गलादेश आईपुगेका बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप