शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतबाट हाँस्दै जेल गए बालकृष्ण ढुंगेल

मङ्गलबार, १४ कात्तिक २०७४, १४ : ५५
मङ्गलबार, १४ कात्तिक २०७४

काठमाडौं । सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेललाई सातदोवाटोबाट पक्राउ गरेलगत्तै प्रहरीले बबरमहलस्थित काठमाडौं जिल्ला अदालत लगिएको थियो । 

अदालत परिसरमा कडा सुरक्षा थियो । मिडियाको घेराबन्दी । अदालती प्रक्रिया सकेर उनलाई बाहिर निकाल्दै गर्दा मात्र मिडियाको क्यामारामा परे, ढुंगेल ।

अदालतको ढोकाबाट निस्कदै गर्दा ढुंगेलले हात हल्लाउँदै बाहिरिएका थिए ।

अदालतबाट निकाल्दा निकाल्दै पत्रकार वीरेन्द्र वलीले प्रश्न तेर्साए, ‘यो प्रकरणमा तपाईंको प्रतिक्रिया के छ ?’ ढुंगेलले उत्तर दिन पाएनन् । प्रहरीले धकेल्दै बाहिर निकाल्यो र गाडीमा हाल्यो ।

८ बर्ष अगाडि सर्वोच्च अदालतले ढुंगेललाई एक द्वन्द्वकालीन हत्यामा दोषी ठहर्राएको थियो । ढुंगेलले यस घटनामा आफु निर्दोष रहेको बताउँदै आएका थिए । माअ‍ोवादीले पनि घटना शान्ति सम्झौता अनुसार हल गर्नुपर्ने बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप