शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

न्यु क्यालेडोनियामा शक्तिशाली भूकम्प

मङ्गलबार, १४ कात्तिक २०७४, १४ : ४०
मङ्गलबार, १४ कात्तिक २०७४

सिड्नी । क्यालेडोनियाको तटीय क्षेत्रमा मङ्गलबार ६.८ रिक्टर स्केलको भूकम्प गएको छ । 

राजधानी नोउमेयाबाट २५३ किलोमिटर टाढा रेहको स्थानको २९ किलोमिटर गहिराइमा यस भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ । 

प्रशान्त महासागरिय क्षेत्रमा पर्ने यस इलाकामा उक्त भूकम्पपछि सुनामी चेतावनी भने दिइएको छैन् । 

प्रशान्त महासागरिय सुनामी चेतावनी केन्द्रका अनुसार तत्काल सुनामी चेतावनी भने दिइएको छैन् । भीषण रुपमा भएको कम्पनको कारण ठूलो मात्रामा क्षति भएको बताइएको छ । 

न्यु क्यालेडोनियामा भूकम्पको प्रकोप बारम्बार दोहोरिने गरेको पाइन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप