मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

डोल्पामा मानव अधिकार आयोगको ध्यानाकर्षण

मङ्गलबार, १४ कात्तिक २०७४, १३ : ३६
मङ्गलबार, १४ कात्तिक २०७४

डोल्पा –दुर्गम जिल्ला डोल्पा स्थित सेवा प्रदायक संघ संस्थाहरुलाई राष्ट्रिय मानव अधिकार आयोगको टोलीले गम्भिर ध्यानाकार्षण गराएको छ ।
आयोगको क्षेत्रीय कार्यलय नेपालगञ्जबाट आएको टोलीले सदरमुकाम दुनैस्थित विभिन्न सरोकारवालाहरुसँगको छलफलपछि सरकारी तथा गैह्र सरकारी कार्यालयहरुले सम्पादन गर्ने सेवा प्रवाहको बिषयमा गम्भिर ध्यानाकर्षण गराएको हो ।
आयोगको टोलीले मानव अधिकार राष्ट्रिय कार्ययोजना अनुरुप सेवा प्रवाहको विषयमा जिल्ला स्थित विभिन्न कार्यलयहरुमा अनुगमन गर्ने क्रममा मानव अधिकारको सहितको सेवा प्रवाह न्युन भएको पाईएको बताएको छ ।
डोल्पा पुगेका आयोगका क्षेत्रीय अधिकृत टंक खनालका अनुसार दुई दिनसम्म जिल्लास्थित नागरिक समाज,बुद्धीजीवि लगाएत विभिन्न सरोकारवालाहरु छलफल र अनुगमनका क्रममा कर्मचारीहरुले मानव अधिकार सहितको सेवा प्रवाह गर्न लागि गम्भिर नभएकोे पाईउपछि ध्यानाकर्षण गराइएको हो ।
आयोगको टोलीले यसमा सम्बन्धित कार्यलय प्रमुखहरु सचेतहुन समेत निर्देशन दिएको छ ।
आयोगको मुलभुत शिद्धान्त भनेको विकास,शुसासन र मानव अधिकार भएकाले  यसको कार्यन्वयनमा सबै जिम्मेवार भएर लाग्न समेत आयोगका क्षेत्रीय प्रमुख  मुरारी खरेलले सुझाब दिएका थिए । डोल्पा पुगेको आयोगको टोलीले आसन्न निर्वाचनका बिषयमा सुरक्षा निकाय र राजनितिक दलहरुसँग समेत छलफल गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप