शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शान्तिद्वारा युएर्इमा आत्महत्या

शनिबार, १० असार २०७४, १२ : ५७
शनिबार, १० असार २०७४

युएर्इ–युएर्इमा एक नेपाली महिलाले आत्महत्या गरेकी छिन्। रोजगारीको शिलशिलामा तीन बर्ष अघि युएर्इ आएकी झापा शनिश्चरे,७ की शान्ती कार्की मगरले झुण्डिएर आत्महत्या गरेकी हुन्।

युएर्इको आबुधाबी स्थित एक स्कुलमा काम गर्ने शान्तीले गत शनिबार आफ्नै कोठामा सलको पासो लगाएर आत्महत्या गरेको थिर्इन्।

शान्तीले आत्महत्या गरेको आबुधाबी हेल्थ अथोरिटीले पुष्टि गरिसकेको राजदूतावास आबुधावीले जनाएको छ ।र्इदको सार्वजनिक बिदा भएकोले शव नेपाल पठाउन अझै केही दिन ढिला हुन सक्ने राजदूतावास आबुधावीले जनाएको छ।

उनको आत्महत्याको कारण भने खुल्न सकेको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप