यस्तो छ नेपाली काँग्रेसको चुनावी घोषणापत्र (पूर्णपाठ)
काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
८४ पृष्ठ लामो घोषणापत्रलाई पार्टीले चार खण्डमा विभाजन गरेको छ । जसको पहिलो खण्डमा राजनीतिक पृष्ठभूमि, दोस्रोमा ऐतिहासिक विरासत र उपलब्धि, तेस्रोमा अबको संकल्प र विशेष खण्डमा प्रदेशहरुको सामथ्र्य र सम्भावनालाई समावेश गरेको छ ।
पार्टीले ‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ लाई यस चुनावमा आफ्नो नारा तय गरेको छ ।
घोषणापत्रमा कम्युनिष्ट गठबन्धनले संविधानले प्रत्याभूत गरेको संघीय समावेशी लोकतन्त्रका आधारभूत संरचना र अधिकार भत्काउने र अपहरित गर्ने नियत राखेको उल्लेख गरेको छ । ‘एकदलीय कम्युनिष्ट शासनकोसपना र प्रयोगले धेरै मुलुकका स्वाधीनता, स्वतन्त्रता र समृद्धि गुमेको इतिहास छ । नेपाललाई पनि यस्तो जोखिमतर्फ धकेल्ने कुचेष्टा वर्तमान कम्युनिष्ट गठबन्धनले गरेको छ,’ घोषणापत्रमा उल्लेख छ । पार्टीले राष्ट्रवादी र लोकतान्त्रिक शक्तिहरुको साझा सहमति र सहकार्यमा जोड दिएको छ ।
त्यस्तै, घोषणापत्रमा काँग्रेसको नेतृत्वमा भएका २२ उपलब्धिहरुलाई पनि समावेश गर्दै अबको १० वर्षको विकासको खाका पनि प्रस्तुत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकको बढ्दो आकर्षणले निम्त्याउने चुनौती र अवसर
-
म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
-
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण