बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बजारमा आयो ‘स्याङ्योङ टिभोलि’ गाडी, यस्ता छन् नयाँ फिचर

सोमबार, १३ कात्तिक २०७४, २१ : ३३
सोमबार, १३ कात्तिक २०७४

काठमाडौं – स्याङ्योङ मोटरकोलागि नेपालको एकमात्र आधिकारिक विक्रेता आइएमएस मोटर्सले हालै नयाँ स्याङ्योङ टिभोलि गाडी नेपाली बजारमा ल्याएको छ । 

गाडी नेपाली बजारमा दुईवटा विकल्पकासाथ प्रस्तुत गरिएको छ । अटोमेटिक गियर बक्स सुविधा भएको स्याङ्योङ टिभोलि गाडीको बजार मूल्य ६५ लाख ९९ हजार रहेको छ भने म्यानुअल सेमि लोडेड गाडीको बजार मूल्य ५६ हजार ९९ हजार रुपैयाँ तोकिएको छ । ‘स्याङ्योङ टछ५ बाइब्याक ग्यारेन्टि एण्ड  जिरो सर्भिस कस्ट अफर’ अर्थात् मूल्यको ६५ प्रतिशतमा बाइव्याक खरिद गरिदिने र शून्य सर्भिस शुल्क योजनालाई कम्पनीले अगाडि सारेको छ ।

प्रस्तुत गरिएको यो अफर अन्तर्गत इन्जिन आयल, कूलेन्ट, ब्रेक प्याड   (फ्रन्ट र रियर) आयल फिल्टर, ब्रेक आयल, पावर स्टेरिङ्ग, एसि फिल्टर, एयर फिल्टर र फ्युल फिल्टरमा ३ वर्षसम्म शून्य सर्भिस शुल्क लाग्न कम्पनीले जनाएको छ । यसका अतिरिक्त उक्त योजनामा स्पट एक्स्चेन्ज, सहज किस्ताबन्दी, निःशुल्क एक्सोसरिज, एक वर्षसम्म सडक कर र दुई वर्षसम्म वा अधिकतम ४० हजार कि.मिसम्मको वारेन्टि पनि समावेश गरिएको छ । 

नयाँ स्याङ्योङ टिभोलि गाडीमा विभिन्न उपयोगी विशेषता एवं आकर्षक ‘बम्पर शो ग्रिल’ ‘रेडिएटर शो ग्रिल’ सुधारिएको फग ल्याम्प तथा गाडी भित्रको आकर्षक डिजाइन विद्यमान रहेका छन् । यसका अतिरिक्त स्पोर्ट युटिलिटि भेइकलमा दिउँसो बत्ति बाल्नकोलागि एलइडि डेरनिङ्ग ल्याम्प, फ्रन्ट फग ल्याम्प, नवीनतम् एलइडि हेडल्याम्प, फाइन्डर रिपिटर र बाहिरी ऐनाहरु, पावर सनरुफ र रुफरेल पावर जस्ता विशेषताहरु पनि रहेका छन् । 
 
यसका अतिरिक्त स्याङ्योङ टिभोलि गाडीमा बहुप्रतिक्षित सुविधाहरु जस्तैः इलेक्ट्रोनिक्स स्टेविलिटि प्रोग्राम, इलेक्ट्रिक ब्रेक–फोर्स डिस्ट्युव्युसनको साथ एन्टि–लक ब्रेक सातवटा एयर व्याग, छ सेन्सरहरु, हिटेड र भ्यान्टिलेटेड फ्रन्ट सिटहरु, सबै डिक्स ब्रेक, र डेटाईम रनिङ्ग ल्याम्पजस्ता विशेषताहरुले स्पोर्ट युटिलिटी भेइकल नेपालको वर्तमान सडक अवस्था अनुरुप सुरक्षित एवं  उपयोगी रहेको छ ।


स्याङ्योङका वारेमाः
स्याङ्योङ कोरियाको लक्जरी स्पोर्ट युटिलिटि भेइकल ब्राण्ड हो, जुन कोरियाका ठूला अटोमोबाइल्स कम्पनीहरु मध्येको चौथो हो । उत्कृष्ट स्टाइल तथा अद्वितीय कार्यक्षमताका साथ सन् १९५४ मा स्थापित कम्पनीले सम्भावनाहरुलाई आफ्नो गुणस्तरीय इन्जिनियरिङ्गका साथ हासिल गरिरहेको कम्पनीको दावी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप