बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

असुरक्षित बन्दै सडक यात्रा : तीन दिनमा तीन ठूला दुर्घटना, ४८ जनाको मृत्यु

सोमबार, १३ कात्तिक २०७४, ०७ : ००
सोमबार, १३ कात्तिक २०७४

काठमाडौँ । देशका विभिन्न भागमा पछिल्लो तीन दिनमा तीन ठूला दुर्घटना भएका छन् । यी दुर्घटनामा ४८ जनाको ज्यान गइसकेको छ भने दर्जनौ घाइते भएका छन् । 

पछिल्लो समय दिनहुँजसो दुर्घटना हुन थालेपछि सर्वसाधारणलाई एक ठाउँबाट अर्को ठाउँको यात्रा गर्नुअघि सोच्न बाध्य बनाएको छ ।

शनिबार बिहान राजविराजबाट काठमाडौ आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा ३१ जनाको ज्यान गएको थियो । कहाँली लाग्दो उक्त दुर्घटनाको ४८ घण्टा वित्दा नवित्दै सोमबार फेरी गुल्मी र उदयपुरमा छुट्छुटै दुई ठूला दुर्घटना भए जसमा गुल्मीमा सात र उदयपुरमा ८ जनाको ज्यान गयो । 

यो बाहेक आइतबार नवलपरासीमा भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको ज्यान गएको थियो ।

दुर्घटना नं १ 
शुक्रबार साँझ सप्तरीबाट काठमाडौका लागि छुटेको बस शनिबार बिहान गजुरी–५ बांगेमोडमा त्रिशुलीमा खस्दा घट्नास्थलमै ३१ जनाको मृत्यु भएको हो ।

शनिबार बिहान करिव साढे ५ बजे त्रिशुली नदीमा खसेको बसमा मृत्यु भएकामध्ये ३१ जनाको शव शनिबार दिनभरमा निकालिएको थियो । सो दुर्घटनामा मृत्यु हुनेहरुमा धेरै बालबालिकाहरु रहे ।  त्यसमा पनि अधिकांश ज्यान गुमाउने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका रहेका छन् । तिलाठीका पण्डित रमानाथ झाको सिंगो परिवार नै धादिङ दुर्घटनामा परेर ज्यान गुमाउन बाध्य भयो । यो दुर्घटनामा उनका  ६ जना परिवारका सदस्यले ज्यान गुमाए ।

ना ६ ख १४६७ नम्बरको बस दुर्घटना हुँदा दुई दर्जन यात्रु घाइते भएभने अझै केही हराइहरेका छन् । तीव्र गतिका काराण बस दुर्घटनामा परेको घाइते यात्रुहरुले बताएका छन् । 

दुर्घटना नम्बर २
सोमबार दिउँसो बुटवलबाट गुल्मीको तम्घासतर्फ गइरहेको माइक्रो बस गुल्मी दरबार गाउँपालिका–३ स्थित वीरबास भन्ने स्थानमा सडकबाट झण्डै तीनसय मिटर तल खस्यो ।  बा ४ ख ५५०१  नम्बरको माइक्रो सडकबाट ३ सय मिटर तल खस्दा आठ जनाको घटनास्थलमै ज्यान गयो भने ६ जना घाइते बने । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार बिपरित दिशाबाट आएको जीपसँग ठोक्किएर माइक्रो बस भीरबाट खसेको हो ।

दुर्घटना नम्बर ३

सोमबारै उदयपरमा भएको अर्को दुर्घटनामा आठ जनाको ज्यान गयो । उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना१ज ३४०४ नम्बरको सुमो जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यू भएको हो । जीप दिउँसो २ बजे कटारी नगरपालिका–११ मा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले पुष्टि गरेको छ । सो दुर्घटनामा मृतकमध्ये ७ पुरुष र १ महिला रहेका छन् । जिप कटारी–११को खाँडी भन्ने ठाउँमा सडकबाट ५०० मिटर तल खसेको थियो । दुर्घटनामा चालक र एक महिला तथा एक बालक घाइते भएका छन् । 

घटना नम्बर ४– नवलपरासीको रामग्राम– १७ पिप्रैयामा आइतबार साँझ ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भयो . जिल्ला प्रहरी कार्यालय नवलपरासीका अन’सार रामग्राम– १७ पिप्रैयामा खेत जोतेर फर्किने क्रममा भे१त ४०६६ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित भएर पल्टिँदा रामग्राम– १७ पिप्रैया बस्ने ४० वर्षीय चालक मोहन चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

देखाउन छानविन समिति

हरेक दुर्घटनापछि सरकारले घटनाको छानविन गर्न समिति गठन गर्ने गर्छ । तर, कहिल्यै गठित समितिहरुले दिएको प्रतिवेदन कार्यन्वयनमा चासो दिदैन । जसका कारण बारम्बार दुर्घटना भइनै रहन्छन् । पछिल्लो पटक पनि सरकारले बस दुर्घटना हुन नदिने कारणको खोजी गर्न उच्चस्तरीय छानवीन समिति गठन गरेको छ ।

सरकारले धादिङको गजुरीस्थित त्रिशुली नदिमा बस दुर्घटनामा परी २ दर्जन बढीको ज्यान गएपछि त्यस्तो घटना दोहोरिन नदिने गरी कारणको खोजी गर्न गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विश्वकर्माको नेतृत्वमा छानवीन समिति गठन गरेको हो । समितिले ७ दिन पछि सो बस दुर्घटनाको छानवीन प्रतिवेदन सरकार समक्ष पेश गर्नेछ । तर, छानविन समिति गठन गरेको तीन दिनभित्र अरु दुई ठूला दुर्घटना भइसकेका छन् । शनिवार अपरान्ह गठन गरिएको समितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च पदस्थ कर्मचारी रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप