शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कपिल शर्माको समस्या बढ्दोः च्यानल मालिकले घटाए आधा पारिश्रमिक

शनिबार, १० असार २०७४, १२ : ०९
शनिबार, १० असार २०७४

कपिल शर्मा र सुनिल ग्रोवरलगायत कार्यक्रमका अन्य सदस्यबिच भएको झगडापछि कपिल शर्माको मुश्किल लगातार बढिरहेको छ । सुरुमा यो विवादपछि कपिलको कार्यक्रमको भविष्यमाथि नै प्रश्न उठिरहेको थियो । तर अब खबरका अनुसार कपिलले आफ्नो कार्यक्रमका लागि आफ्नो पारिश्रमिक आधा गरेका छन् । कार्यक्रमका कलाकारबिच झगडा हुनुपूर्व कपिलको यो कमेडी शो टेलिभिजनमा निकै चर्चित भइरहेको थियो र च्यानलले केही समय पहिले नै कपिल शर्माको पारिश्रमिक दोब्बर गर्ने घोषणा गरेको थियो । तर मार्चमा विवाद भएपछि कपिलका लागि सम्पूर्ण कुरा परिवर्तन भएको छ । कपिल शर्मा र सुनिल ग्रोवरबिच भएको झगडा पछि ‘द कपिल शर्मा शो’ को टीआरपी लगातार घटिरहेको थियो । मिडिया रिपोर्टका अनुसार कपिल र च्यानलले मिलेर एक आपसमा कुराकानी गरे र उनीहरुले आफ्नो पारिश्रमिक आधा गर्ने निर्णय गरेको छ ।

स्मरण रहोस्, कपिल शर्माले सोनीसँग नयाँ सम्झौता गरेका थिए जस अनुसार कपिललाई १ सय १० करोड भारुको अफर दिइएको थियो । उक्त नयाँ सम्झौता अनुसार उक्त कमेडी डिसेम्बर सन् २०१७ सम्म प्रसारण हुनेछ अर्थात् आफ्नै प्रोडक्शन हाउसबाट उक्त कार्यक्रमबाट कपिललाई हरेक महिना लगभग ९ करोडको कमाई हुन्थ्यो । मिडिया रिपोर्ट अनुसार उक्त सम्झौताभन्दा पहिले कपिलले एक एपिसोडका लागि ६० देखि ८० लाख भारु पाउँथे तर अब त्यो आधा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप