शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘महको म’ अमेरिकामा छोरीद्वारा विमोचन, नेपालबाट मदन कृष्णको भिडियो सन्देश

आइतबार, १२ कात्तिक २०७४, २१ : ०५
आइतबार, १२ कात्तिक २०७४

विजय थापा 

काठमाडौं – अमेरिकामा वरिष्ठ हास्यव्यंग्य कलाकार मदन कृष्ण श्रेष्ठको जीवनी सम्बन्धि लेखिएको  महको म पुस्तक विमोचित भएको छ । अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ बर्ष पहिले नेवा संस्कृति ,भाषा ,कला र परम्परालाई स्थापना गर्ने उद्देस्यले स्थापित नेपाः पासा पुचः  नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवमा उक्त पुस्तक बिमोचन गरिएको हो ।   

‘नेवा संस्कृतिको जगेर्ना गरौ’ भन्ने नारा बोकेको संस्थाले आफ्नो बार्षिक उत्सवमा प्रकाशित स्मारिका दबु पत्रिका को बिमोचन गर्नुका साथै महको म पुस्तक विमोचन गरेको थियो । अमेरिकामा रहेकी उनकी सुपुत्री सराना श्रेष्ठले बूवाको पुस्तक निकै चर्चा परिचर्चामा रहेको भन्दै अमेरिकामा पनि बिमोचन हुन पाएकोमा हर्ष व्यक्त गरिन् । उनले एनपीपीएका अध्यक्ष सरोज प्रजापतिले मौका दिएकोमा धन्यवाद दिइन् । 

नेपालबाट कलाकार मदन कृष्ण श्रेष्ठ श्रब्य दृश्य (भिडियो)बाट नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवको शुभकामना संदेश दिएका थिए । आफ्नो पुस्तक आफुले भोगेका, जीवनका उतार चढाव ,बाल्यकालका कूराहरू, राम्रा क़ुरा र नराम्रा कूराहरू ,सफलता असफलता आदिले समेटिएको छ भन्दै राखेको भिडियो मार्फ़त बोलेका थिए । उनले नेपालमा पनि निकै राम्रो बिक्रि भै रहेको जनाएका थिए । प्रत्यक्ष प्रसारण मार्फत बोल्न प्रयास गरिएता पनि अमेरिका र नेपालको समय फरक को कारण भिडियो देखाईएको थियो । 

नेपाल सम्बत्  ११३८ तथा २६ औ बार्षिकोत्सव नेवाः प्रसिद्ध खाजा समय बजी खुवाईएपछि औपचारिक कार्यक्रम शुरु गरिएको थियो । 

संस्थाकि अध्यक्ष सरोज प्रजापतिले स्वागत गर्दै आफुले ४ बर्षसम्म संस्थामा काम गरेको अनुभवका बारेमा बोलेकी थिइन् । र गत बर्ष २५ सौं बार्षिक उत्सव ऐतिहासिक रहन पुगेको चर्चा गर्दै आफ्नो नेतृत्व कालमा सबैको बिशेष सहयोग रहेको समेत बताईन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप