बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सोनाहाङ भए एभरेष्ट आइडल युके

आइतबार, १२ कात्तिक २०७४, १५ : ४९
आइतबार, १२ कात्तिक २०७४

बेलायत । बेलायतमा आयोजित ‘एभरेष्ट आईडल युके २०१७’को विजेता सोनाहाङ राई हुन सफल भएका छन् । बेलायस्थित अल्डरसटको एम्पाएर हलमा २८ अक्टोबर (कार्तिक ११) शनिबार सम्पन्न ग्राण्ड फिनालेमा १४ प्रतियोगिलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् । 

उपाधिसँगै विजेता सोनाहाङले १२ सय पाउण्ड र गिफ्ट ह्याम्पर  समेत प्राप्त गरे । सोनामहाङ कार्यक्रममा गीत रेकर्डिङ कन्ट्र्याक्ट सहित अन्य पुरस्कार समेत जित्न सफल रहे ।

प्रतियोगीतामा फस्ट रनरअप निमान तामाङ चुनिए, भने दीप प्रकाश राई सेकेण्ड रनर अप घोषित भए । निमानले ५ सय पाउण्ड सहित गीत रेकर्डिङ र अन्य गिफ्ट ह्याम्पर पुरस्कार प्राप्त गर्दा सेकेण्ड रनर अप दीप प्रकाश राईले २ सय पाउण्ड सहित गीत रेकर्डिङ अवसर र गिफ्ट ह्याम्पर बुझे । निमान तामाङ म्यानचेष्टरबाट सहभागी भएका थिए, भने दीप प्रकाश राई आसफोर्डका सहभागी थिए ।

गायिका शर्मिला बर्देवा, विसी राई र सितु खरेल निर्णायक रहेको प्रतियोगीतामा  निर्णायको आधारमा ७५ प्रतिशत र अडियन्सको आधारमा २५ प्रतिशत अंक प्रतियोगीले पाएका थिए । तीन चरणमा सकिएको यो प्रतियोगीता नेहा देवान, नवराज राई र किसन राईले संचालन गरेका थिए ।

कार्यक्रमम आयोजक मिडिया हवको तर्फबाट ईश्वर चाम्लिङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरेका छन् । 

प्रवासी गायन प्रतिभाको खोजी र नयाँ प्रतिभाहरुलाई उजागर गर्ने उदेश्यले  प्रतियोगीता ‘इ मिडिया हब’ युकेद्वारा आयोजित भएको थियो । ‘भ्वाईस अफ नेपाली डायस्पोरा एभरेष्ट आइडल’ कार्यक्रमबाट ‘एभरेष्ट आईडलको आयोजना गरिएको आयोजकले जानकारी दिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत साहित्यकार डा.दुर्गाबहादुर सुबेदी ‘दुबसु’, विशेष अतिथि एनआरएन यूकेका वर्तमान अध्यक्ष योगकुमार फगामीको समेत उपस्थिति रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप