बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गायक पूर्ण गुरुङको उपचारार्थ युएईका नेपालीको सहयोग

आइतबार, १२ कात्तिक २०७४, १५ : ४७
आइतबार, १२ कात्तिक २०७४

युएई– दुबै मृगौला फेल भई उपचार गराईरहेका लोक गायक पूर्ण गुरुङलाई युनाईटेड अरब ईमिरेट्समा कार्यरत नेपालीहरुले १ लाख ३ हजार रुपैयाँ सहयोग गरेका छन् । गायक गुरुङको सहयोगार्थ अन्तराष्ट्रीय नेपाली कलाकार समाज, युएई रसअल खेमा क्षेत्रीय समितिद्वारा गत शुक्रबार २७ अक्टोबरमा युएईको रसअल खेमामा नन्दु राई सुसेली साँझ कार्यक्रम आयोजना गरी उक्त रकम संकलन गरिएको थियो । 
कार्यक्रममा प्रबासमा रहेर गायन क्षेत्रमा निरन्तरता दिईरहेका गायक नन्दु राईले आफ्नो पछिल्लो एल्बम सुसेलीका गीतहरुका साथै  बिभिन्न प्रस्तुति दिएका थिए । कार्यक्रममा बालकलाकार प्रतिमा शर्माले नृत्य प्रस्तुत गरेकी थिईन् । रसअल खेमामा रहेका नेपालीहरुले यस अघि देउसी भैलो र भलिबल प्रतियोगिता समेत आयोजना गरी गायक गुरुंगलाई सहयोग रकम संकल गरेका थिए । 
संकलित रकम केही दिन भित्रै गायक गुरुंगलाई हस्तान्तरण गरिने कार्यक्रम संयोजक सन्तोष पौडेलले जानकारी गराएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप