शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साङ्ग्रीलामा थप दुई नयाँ हल

आइतबार, १२ कात्तिक २०७४, १६ : ३०
आइतबार, १२ कात्तिक २०७४

काठमाडौँ । काठमाडौंमा रहेका होटल साङ्ग्रीलाले दुई ओटा नयाँ पार्टी हल थप गरेको छ ।  होटलले आयोजना गरेको एक कार्यक्रममा ती दवै हलहरुको उद्घाटन गरिएको हो । 

होटलले थप गरेका दुई हलहरुमा एउटा इण्डोर कार्यक्रमका लागि प्याभिलियन हल र खुला कार्यक्रम आयोजना गर्नका लागि कोर्टयार्ड हल रहेको छ । यी हलहरु बर्थडे, म्यारिज र अन्य पार्टी तथा सेमिनारका लागि उपयुक्त रहेको होटल साङ्ग्रीलाले बताएको छ । २४५० वर्ग फिट क्षेत्रफलको प्याभिलियन हलमा ३ सय जनासम्म मानिस अटाउनेछन् । यो हल इण्डोर कार्यक्रमका लागि उपयुक्त रहेको साङ्ग्रीलाले बताएको छ ।

 यस्तै खुल्ला स्थानमा स्टेज बनाएर प्रत्यक्ष कार्यक्रम र पार्टीलगायतका कार्यक्रम आयोजना गर्नका लागि उपयुक्त हुने कोर्टयार्ड हल पनि होटलले थप गरेको हो ।  

थपिएका स्थानमा सम्पूर्ण सुविधाहरुः एयर कण्डिशन, साउण्ड सिष्टम, लाइट आदिको राम्रो ब्यबस्था रहेको होटल ब्यबस्थापनले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप