बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली मुलका एक व्यवसायी दक्षिण कोरियामा पक्राउ

आइतबार, १२ कात्तिक २०७४, ११ : ४६
आइतबार, १२ कात्तिक २०७४

काठमाडौं–नेपाली मुलका एक व्यवसायीलाई दक्षिण कोरियामा प्रहरीले पक्राउ गरेको छ । विगत २४ वर्षदेखि कोरियामा रहेका लक्ष्मण बोगटीलाई स्थानीय प्रहरीले पक्राउ गरेको हो । 
 कोरियन महिला विवाह गरेका बोगटीले कोरियन नागरिकता प्राप्त गरेका छन् ।  लामो समयदेखि कोरियामा व्यवसाय गर्दै आएका उनी यस अघि बिभिन्न ठगी मुद्दाहरूमा पनि परेको वताइएको छ । उनलाई नेपाली तथा कोरियनहरूलाई ठगेको आरोपमा गत साता सौल प्रहरीले पक्राउ गरेको हो ।

बोगटीलाई  प्रहरी हिरासतमा राखिएको बताइएको छ । गैर कानुनी हुण्डी कारोवारमा संलग्न उनले नेपाली र कोरियन नागरिकहरुलाई ठगेको वताइएको छ । नेपालको मुल घर म्याग्दी रहेका वोगटीको दोङदेमुन र  किम्हेमा नमस्ते नामका रेष्टुरेन्ट संचालित छन् । 
वोगटीले आर्थिक सापटी लिएर नतिरेको तथा आफु भन्दा तल्लो हुण्डी कारोवारीहरुको रकम ठगेको वताइएको छ । पिडितहरुको उजुरीको आधारमा बोगटी पक्राउ परेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप