कविता : साइलो
-प्रकाश भुसाल
बजैले सातु चाल्ने गरेको चाल्नीजस्तै
चुहिँदै गरेको घरको छानो
निभ्दै गरेको अगेनो
पुरानो डोकाको पिँधजस्तै
चुहिँदै गएको भकारी
देखेपछि
भालेलाई नै बिउँझाएर
देउराली हुँदै निस्किएको थियो
‘साइलो’
घरमाथिको लेकमा झाङिएको धुपीजस्तै जिन्दगी
घर छेउको चौतारीमा फैलिएको पीपलजस्तै
फैलाउने सपनाको बेर्ना लगाएर
ऊ मलजल खोज्न निस्किएको थियो ।
पसिना लिलामी गरेर
एक मुठ्ठी श्वास बिनिमय गर्न नसकेपछि
सम्झियो पाखा, पखेरा सम्झियो देउराली
सम्झियो अङ्कुराउन लागेका
सपनाहरुका बेर्नाहरु
मुखियाको सन्दूकमा सुरक्षित तमसुक
श्रीमतीले नफेरेको फरिया
र थाल बजाइरहेका बच्चाको रोदनले
उसका पैतलाहरु फर्कियनन्
उसले घर छाड्ने समयमा
छोडेर आएका तोते बोलीहरु
भएछन किशोर किशोरी
अझै हागिँदै गएपछि जिन्दगी
ऊ फर्किएको छैन
आफ्नै घर
पराइ भएको छ उसको आफ्नै जिन्दगी
ऊ हराएको छ आफूभित्र
आफैले आफैलाई नदेख्ने भएर
एक्लै भएको बेला सम्झिन्छ
विश्वविद्यालयले थमाइदिएका
नकुहिने पतिङ्र जस्तै प्रमाणपत्रहरु
घुटट पार्छ एक गिलास कुहिएको छ्याङ
र ओकल्छ आफ्नै जिन्दगी
अचेल यसरी नै बाचे झैँ गरेको छ
बिक्री नभएपछि पसिना
लिलामीमा राखेको छ
रगत र जिन्दगीको रङ
पृथ्वीले बयालिस फन्को लगाएको
भोलिपल्ट
भाले पनि नबिउँझिदै
फेरि निस्कियो साइलो
उसैले उडाउने गरेको चुरोट जस्तै
धुवा र खरानी भएर...
-अर्घाखाँची
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७४ लाख ७० हजार रुपैयाँ ठगी भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग
-
अमेरिका र इराकबिच ४८ वटा सम्झौता
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण