शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा यसरी मनाइँदैछ छठ पर्व (फोटोफिचर)

शुक्रबार, १० कात्तिक २०७४, ०७ : ५२
शुक्रबार, १० कात्तिक २०७४

अमेरिकाको डिसी महानगरमा नेपालका तराई जिल्ला तथा शहरबाट आएका तराईबासीको पहलमा डिसी क्षेत्रमा छठ पर्व ३ दिन सम्म मनाइँदै छ । अक्टोबर २५ तारिख देखि डीसी क्षेत्रको निजि निवासमा भेला भै छठ पर्व सुरु गरेका छन् । 

अक्टोबर २६ तारिख डीसी महानगर क्षेत्रको पोटोम्याक नदी स्थित अलगोनकिएन पार्कमा साँझमा पूजा गरिएको छ । उक्त छठ पूजाको लागि अन्य राज्यबाट समेत व्रतालुहरु आएका छन् ।

साँझ ४ बजेदेखि सुरु भएको पूजा अध्यारो नहुन्जेल चलेको थियो  । अक्टोबर २७ तारिख बिहान पुन सोहि स्थानमा ६ बजे भेला हुने कार्यक्रम रहेको छ । 

निरहार व्रतालुहरुले बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् भने पोटोम्याक नदीको किनारामा व्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरे ।

अक्टोबर २७ तारिखका बिहान उदयमान सूर्यलाई दोश्रो अर्घ चढाए पछि छठ पर्व सम्पन्न गर्ने छन् । 


सूर्यको पूजा अर्चना गरी मनाइने सूर्यको पूजासम्बन्धी श्लोक ऋग्वेदमा पाइन्छ भने महाभारत कालमा द्रौपदीले छठ पर्वको व्रत लिएको सन्दर्भ उल्लेख गरिएको पाइन्छ ।  


कार्तिक शुक्ल चौथी तिथिदेखि सप्तमी तिथिसम्म यो पर्व मनाउने गरिएको छ । 


यो पर्वमा गहुँको पीठो, नरिवल, किसमिस, दालचिनीजस्ता मसला, घिउ, चीनी, भेलिको समिश्रणबाट बनाइएको ठकुवा, खजुरी आदि बनाइन्छ । 


चामलको पीठोबाट भुसुवा, मैदा सुजीको समिश्रणबाट पेरूकिया जस्ता मिठाई बनाइन्छ । 


डीसी क्षेत्रमा बसोबास गर्ने कृपा सिंह तथा वहा कि जीवन संगिनी अनिता सिंह तथा विजय सिंह लगायत केहि परिवारले सुरु गरेको यो पर्वको निकै चर्चा हुन थालेको छ ।


अक्टोबर २७ को दिन बिहान प्रसाद बितरण गर्ने कार्यक्रम रहेको पनि बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप