उदाउँदो सूर्यलाई अर्घ दिँदै सिरहमा यसरी मनाइयो छठ (तस्विरसहित)
सिरहा - उदाउँदो सूर्यलाई अर्घ दिँदै श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आज (शुक्रवार) सम्पन्न भएको छ ।
कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न बिधिपुर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले व्रत सङ्कल्प गरेर स्नान गरेर चोखो नितो खाएका थिए । पहिलो दिनको यो विधिलाई स्थानिय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ ।
मुलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए । त्यस्तै, षष्टी तिथीको दिन अर्थात विहिबार संध्याकालिन र शुक्रबार प्रभातकालिन सुर्यको अर्घ दिएपछि चार दिवसीय छठ पर्र्ब बिधिवत रुपमा समापन भएको छ ।

निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने विश्वास गरिन्छ ।

सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।

सुरुमा तराइवासीले मात्र मनाउने यो पर्व अब अन्य जाति एवं राजधानी लगायत पहाडमा पनि मनाउन थालेका छन् ।

यस वर्षको छठ शान्तिपुर्ण र सैहार्दपुर्ण रुपमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
-राम नारायण पंडित
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एयर इन्डिया दुर्घटनाको एक वर्ष, सुल्झिएनन् यी छ प्रश्नको रहस्य
-
७७ वटै जिल्ला सदरमुकाममा पुग्यो फाइबर इन्टरनेट, अब सबै वडा तहमा विस्तार गरिने: मन्त्री तिमिल्सिना
-
चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकमा उपाध्यक्ष गिरीको उपस्थितिलाई लिएर संसद्मा प्रश्न
-
सेयर बजारमा झिनो सुधार, दुई कम्पनीको मूल्यमा उच्च वृद्धि
-
कीर्तिमानी ह्याट्रिकपछि मैदानमै किन रोए मेस्सी?
-
विश्वका लगभग सबै बालबालिका कम्तीमा एक जलवायु संकटको प्रभावमा: युनिसेफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण