सिरहामा यसरी मनाइयो छठ पर्व
बिहीबार, ०९ कात्तिक २०७४, २१ : २९
सिरहा– निष्ठा एवं श्रद्धापूर्वक मनाइने महान पर्व छठ अन्तर्गत विहीबार बेलुका सन्ध्या पूजा गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् । घरघरमा नियम एवं निष्ठापूर्वक मनाइने छठ पर्व अन्तर्गत मुख्य पूजा अस्ताउँदो सर्यलाई जलाशयमा गएर व्रतालुहरुले अर्घ अर्पण गरेका छन् ।
सिरहाको बतहा खोला, गागन, बलान, कमला लगायत पोखरी तथा इनारमा व्रतालुहरुले विभिन्न किसिमको छठी मैयाको लोकगीत गाएर पर्व मनाइँदैछ ।
जलाशयमा बनाइएको घाटमा विभिन्न किसिमको पूजा प्रसादको रुपमा ठेकुवा, भुसवा, नरिवल, उखु, फलफूल लगायतको पूजा सामग्री घाटमा लगेर सूर्य भगवान एवं छठी मातालाई अर्पण गरेका छन् ।
शुक्रबार विहान उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिए पश्चात छठ पर्ब बिधिबत रुपमा समापन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेट्रोलको मूल्य स्थिर
-
नेपाल दलित सङ्घको अध्यक्षमा विपेन्द्र रामुदामु नियुक्त
-
फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ
-
इन्स्पेक्टर सन्तोष खड्का उत्कृष्ट प्रहरी घोषित
-
१० बजे १० समाचार : ‘प्रदेश सरकारहरूको बजेट’देखि ‘११४ जनाको शैक्षिक प्रमाणपत्रमाथि एक साथ छानबिन’सम्म
-
रास्वपा महाधिवेशन : सात हजार भन्दा बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण