छठको उल्लासय रातमा रंगिन बनेको गौरीघाट (फोटो फिचर)
बिहीबार, ०९ कात्तिक २०७४, २० : ५१
काठमाडौं– हिन्दु नेपालीहरुको पर्व छठको मुख्य दिन विहीबार बेलुका अस्ताउँदो सूर्यको पूजा गरेसँगै काठमाडौंको गौरीघाट रंगीन बनेको छ ।
राजधानीमा रहँदै आएका तराइवासी समुदायले निकै सजिसजाउका साथ राजधानीमा रहेका घाट तथा पोखरीहरुमा ब्रत आरधना गरेका छन् । नदी, तलाउ, पोखरी तथा घाटहरु निकै रंगीन देखिएका छन् ।
बालबालिकादेखि वृद्धा महिलाहरु पनि छठको उल्लासमय रातमा रमाइरहेका देखिएका छन् । कात्तिक शुक्ल षष्टीका दिन बेलुका अस्ताउँदो सूर्यलाई अर्घदिएर रातभर नदी तलाउमै ब्रत बसेर भोलिपल्ट शुक्ल सम्तमीका दिन उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सकिन्छ ।
छठ पर्वको मुख्य दिन विहीबार बेलुका काठमाडौंको गौरीघाट पुगेर फोटो पत्रकार विजु महर्जनले छठले उल्लासमय बनेको रंगीन रातलाई तस्विरमा कैद गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण