शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्कटल्याण्डमा सगरमाथा आरोही सम्मानित

बिहीबार, ०९ कात्तिक २०७४, १३ : १८
बिहीबार, ०९ कात्तिक २०७४

स्कटल्याण्ड– स्कटल्याण्डको आबर्डिनमा  दुईजना  सागरमाथा आरोहीलाई सम्मान गरिएको छ । स्कटल्याण्डमा क्रियाशील नेपाली संस्था अर्गनाईजेसन फोर नेपलिज कल्चर एण्ड वेलफेयरले  नेपाली सगरमाथा आरोही दावा शेर्पा र स्कटिस सगरमाथा आरोही मार्क क्याडमेनलाई  सम्मान गरेको हो ।

उनिहरुलाई बेलायतका लागि नेपाली राजदूत डा  दुर्गाबहादुर सुबेदी र आबर्डिन शहरका लड  प्रोबस्टको प्रतिनिधि काउन्सिलर क्ल्येर इम्रीले संयुक्त रुपमा सम्मान गरेका हुन ।

कार्यक्रममा नेपाली सगरमाथा आरोही दावा शेर्पाले आफुले औपचारिक रुपमा तीन पटक  र धेरै पटक आरोही सहयोगीको रुपमा सगरमाथा आरोहण  गरेको बताए । पर्बतारोहण सहयोगीको रुप एक स्कटिस महिला आरोहीलाई मृत्युको मुखबाट बचाएको र पछि पुनर्जीवन पाएको भन्दै आफु र परिवारलाई स्कटल्याण्ड ल्याएर स्थापित गरेको शेर्पाले बताए ।

अर्का आरोही स्कटिस सगरमाथा आरोही  मार्क क्याडमेनले २०१५को  महाभूकम्पको क्रममा सगरमाथा आरोहण बिचमै छाड्नु परेपनि केहि महिनाअघि मात्र सगरमाथा सफलता पुर्वक आरोहण गरको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप