शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षामा बहस: अब उत्पादनमूलक शैक्षिक प्रणालीको खाँचो

बिहीबार, ०९ कात्तिक २०७४, ०७ : ५५
बिहीबार, ०९ कात्तिक २०७४

कपिलवस्तु - शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले अबको शिक्षा उत्पादनमूलक हुनुपर्नेमा जोड दिएका छन् ।
जिल्ला शिक्षा कार्यालयद्वारा चन्द्रौटा स्रोतकेन्द्रमा आयोजित आर्थिक वर्ष २०७४।७५ को वार्षिक कार्यक्रम कार्यान्वयन सम्बन्धी अभिमुखीकरण गोष्ठीलाई सम्बोधन गर्दै नगरप्रमुख अधिकारीले आर्थिक समृद्धिका लागि उत्पादनमूलक शैक्षिक प्रणालीको खाँचो रहेको बताए । उनले भने, “शिक्षा नै समृद्धिको मेरुदण्ड हो । शैक्षिक विकास नभई मुलुकको विकास असम्भव छ । 

शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले शैक्षिक विकासका लागि आफू सधैं सकारात्मक रहेको बताउँदै नियम कानुनले भ्याएसम्म नगरपालिकाबाट हुनसक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

कार्यक्रममा शिवराज नगरपालिका शिक्षा फाँटका शाखा अधिकृत पूर्ण बहादुर विश्वकर्माले सिकाइ उपलब्धी अभिवृद्धिका लागि शिक्षकहरु नै जागरुक हुनुपर्नेमा जोड दिए । 

कार्यक्रममा जिल्ला शिक्षा कार्यालय कपिलवस्तुका सहायक जिशिअ बाबुराम भट्टराईले सहजीकरण गरेका थिए । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र उपयुक्त व्यवस्थापन गर्न जिल्ला शिक्षा कार्यालय र नगरपालिकाबाट पाउन सकिने सेवा सुविधाबारे भट्टराईले कार्यपत्र प्रस्तुत गरे ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षकद्वय अर्जुन कुँवर र खिमबहादुर जिसी, स्रोतव्यक्ति देवेश प्रताप सिंह, राष्ट्रिय माविका प्रधानाध्यापक टीकाराम पाण्डेय, समयथान माविका प्रधानाध्यापक गिरीप्रसाद गैरे लगायतले धारणा राखेका थिए । 


कार्यक्रममा शिवराज नगरपालिकाका कार्यकारी अधिकृत शेषकान्त पौडेल तथा नगरपालिका अन्तर्गत पर्ने ५८ विद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधिहरुको उपस्थिति थियो ।

-सीताराम चौधरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप