शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुबईमा केपाली कलाकारको ‘शुभ यात्रा साँझ’

बुधबार, ०८ कात्तिक २०७४, १९ : २४
बुधबार, ०८ कात्तिक २०७४

काठमाडौं – यूएइको दुबई शहरमा ‘शुभ यात्रा साँझ’ नामक सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । २२ डिसेम्बरमा आयोजना हुन लागेको कार्यक्रममा गायक रामकृष्ण ढकाल, गायिका इन्दिरा जोशी, गायक हेमन्त राना, कमेडियन सन्दिप क्षेत्री र नायिका नम्रता सापकोटाले आफ्नो प्रस्तुति दिनेछन् ।

ग्रिष्मा इन्टरटेन्मेन्टको प्रस्तुतिमा हुन लागेको कार्यक्रममा यी कलाकारको धमाकेदार  प्रस्तुति रहने आयोजकले जनाएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ग्रिष्माका प्रमुख गृहेन्द्र घिमिरेले अनाथ बालबालिकाको सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागिएको बताए । उनले, दुबइमा उल्लेख्य दर्शककोसाथमा नेपालबाट चर्चित कलाकार लगेर कार्यक्रम आयोजना गर्न लागेको खुलाए ।

कार्यक्रममा गायिका इन्दिरा जोशीले आफू स्टेजमा सफ्टबाट हट हुने बताइन् । दर्शकलाई आफ्ना पुराना तथा नयाँ गीतहरुले मनोरञ्जन दिने उनको भनाई थियो । त्यस्तै, अभिनेत्री नम्रता सापकोटाले पनि आफूले आफ्ना चर्चित गीतहरुमा नृत्य गर्ने बताइन् । मनोज गोर्खाली, समिम खान र मदन अधिकारीले दुबइको व्यवस्थापन गर्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप