बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जोडीले अमेजनबाट मगाए सामान, यस्तो सामान पाए कि बोलाउनु पर्यो पुलिस

बुधबार, ०८ कात्तिक २०७४, १५ : २५
बुधबार, ०८ कात्तिक २०७४

एक जोडीले अमेजनबाट आफूलाई चाहेको सामान मगाएका थिए तर पार्सल खोल्नेबित्तिकै उनीहरु चकित भए । आफूले मगाएको कार्डको बदलामा उनीहरु समक्ष ४२ किलोको एउटा पार्सल आयो जसबारे उनीहरुले केही बुझ्न सकेनन् र पुलिसको मद्दत लिनुपर्यो । यो घटना उनीहरुले ट्वीटरमा पनि सेयर गरेका थिए ।

अमेरिकी राज्य फ्लोरिडाको आरल्याण्डो शहरमा बस्ने एक जोडीले अमेजनसँग सामान मगाए । उनको घरमा जब पार्सल आयो तब त्यसबाट तेज गन्ध आउन थाल्यो । उनीहरुले जब पार्सल खोले तब त्यसमा ४२ किलो गाँजा पाए । उनीहरुले तत्काल पुलिसलाई फोन गरे । पुलिसले यसबारे अमेजनका कर्मचारीसँग कुरा गरे तर यस्तो गल्ती कसरी भयो त्यो पत्ता लाग्न सकेन । ती जोडीको सुरक्षाका कारण नाम उजागर गरिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप