शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मोटोरोलाका नयाँ फोन नेपाली बजारमा, यस्ता छन् विशेषता

बुधबार, ०८ कात्तिक २०७४, १३ : ००
बुधबार, ०८ कात्तिक २०७४

काठमाडौँ । मोटोरोला कम्पनीले मोटो सी र मोटो ई फ्रान्चाइजका मोबाइल फोन नेपाली बजारमा ल्याएको छ ।

राजधानीमा मंगलबार साँझ एक कार्यक्रमका बीच कम्पनीले दुई फ्रान्चाइजका मोटो सी र सी प्लस तथा मोटो इ फोर र इ फोर प्लस सर्वाजनिक गरेको हो ।

कार्यmत्रमा बोल्दै मोटोरोला मोबिलिटी प्रालिका कन्ट्री म्यानेजर सुधिन माथुरले सार्वजनिक गरिएका फोन हरेक तप्काका नेपालीहरुलाई लक्षित गरेर ल्याइएको बताए । ‘यी समार्टफोनमा प्रयोगकर्तालाई आवश्यक हरेक फिचर छ, त्यसमाथि यसको मूल्य हरेकको पहुँचमा छ,’ नेपालमा मोटोरोलाको व्यापार विस्तार गर्ने योजना प्रस्तुत गर्दै माथुरले भने ।

यस्ता छन् सर्वाजनिक गरिएका फोनहरु :

मोटो इ फोर प्लस

डिस्प्ले – ५.५ इन्च फुल एचडी
बडी – मेटल
क्यामेरा : १३ मेगापिक्सल र ५ मेगापिक्सल सेल्फी फ्लासको साथमा
स्टोरेज : १६ देखि ३२ जिबी
एन्ड्रोयड : नोगाट ७.१.१
फिंगर प्रिन्ट सेन्टर
ब्याट्री : ५ हजार एमएएच
मूल्य : २० हजार ९९० ।–

 मोटो इ फोर 

डिस्प्ले – ५ इन्च एचडी
बडी – मेटल
क्यामेरा : ८ मेगापिक्सल र ५ मेगापिक्सल सेल्फी फ्लासको साथमा
एन्ड्रोयड : नोगाट ७.१.१
फिंगर प्रिन्ट सेन्टर
ब्याट्री : २८०० एमएएच
मूल्य : १६ हजार २९० ।–

मोटो सी प्लस 

डिस्प्ले – ५ इन्च एचडी
बडी – मेटल
क्यामेरा : ८ मेगापिक्सल र २ मेगापिक्सल सेल्फी फ्लासको साथमा
एन्ड्रोयड : नोगाट ७.१
ब्याट्री : ४००० एमएएच
प्रोसेसर : १.३ गिगाहर्ज क्वाडकोर
मूल्य : १३ हजार ९९० ।–

मोटो सी 

डिस्प्ले – ५ इन्च एचडी
बडी – मेटल
क्यामेरा : ५ मेगापिक्सल र २ मेगापिक्सल 
एन्ड्रोयड : नोगाट ७.१
प्रोसेसर : १.३ गिगाहर्ज क्वाडकोर
स्टोरेज : ८ जिबी (३२ जिबीसम्म एक्सटेन्डेबल)
डुअल सीम
मूल्य : १० हजार ९९० ।–

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप