शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चन्द्र रानाहँछाको ‘आँधिको यात्रा’ कविता प्रथम

शुक्रबार, ०९ असार २०७४, १८ : ५६
शुक्रबार, ०९ असार २०७४

काठमाडौं– राष्ट्रिय कविता महोत्सवमा कवि चन्द्र रानाहँछा प्रथम भएका छन्  ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६० औं वार्षिक उत्सवको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजना गरिएको महोत्सवमा कवि रानाहँछाको ‘आँधिको यात्रा’ कविता प्रथम भएको घोषणा गरिएको हो । खोटाङ घर भई हाल काठमाडौं बस्दै आएका रानाहँछाले ‘थिविया चराको गीत’ कविता संग्रह प्रकाशन गरिसकेका छन् । 

यस्तै, भोजपुरका सुवाष राईको ‘फरक’ शीर्षकको कविता द्वितीय भएको छ । त्यसैगरी दाङका दीपेन्द्र उपाध्यायको ‘लोकतन्त्र’, काभ्रेकी उर्मिला कोइरालाको ‘उज्यालोको आत्मकथा’ र काठमाडौंकी अमृता स्मृतिको ‘फूलहरु जान्दैनन् युद्ध गर्न’ कविता तृतीय भएका छन । 

महोत्सवमा बोल्दै राष्ट्रकवि माधवप्रसाद घिमिरेले साहित्य सृजना सामाजिक घटनामा आधारित हुने बताएका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष असार ९ गते आफ्नो वार्षिक उत्सवको अवसर पारेर राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवमा ३२ प्रतियोगीहरुले कविता बाचन गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप