२४ कात्तिकमा काठमाडौको सकस देखाउने चलचित्र ‘सकस’

काठमाडौं –२४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र हो ‘सकस’। निर्माण युनिटले मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको बिभिन्न पक्षबारे जानकारी गरायो । चलचित्र एन.बि महर्जनले निर्देशन गरेका हुन् ।
कार्यक्रममा निर्देशक एन.वि महर्जनले दुई बर्षपछि आफ्नो निर्देशन रहेको चलचित्र रिलिज हुन लागेको बताए । निर्देशक महर्जनले चलचित्र उत्कृष्ट बनाउन आफुले गर्नुपर्ने केही कसुर नछाडेको सुनाए ।त्यस्तै निर्माता समेत रहेका अभिनेता सुन्दर श्रेष्ठले चलचित्र दर्शकको रोजाइ अनुसार निर्माण गरिएको बताए । श्रेष्ठले चलचित्रले मनोरञ्जन र सन्देश दुबै बाँड्ने सुनाए ।
अर्का निर्माता अक्कल सिंहले चलचित्र उत्कृष्ट बनाउन आफुले खर्चमा कुनै कन्चुस्याइ नगरेको बताए । सिंहले चलचित्रको कथा नै राम्रो भएको दाबी गर्दै गुन्डागर्दीको कथामा बनेको ‘सकस’ हेर्न लायक भएको दाबी गरे ।
अभिनेत्री महिमा सिल्वालले चलचित्रमा आफ्नो हट ग्ल्यामर देख्न पाइने बताइन् । उनले चलचित्र ग्ल्यामर र फरक बिषयबस्तुका कारण पनि छुटाउन नहुने भएको दाबी गरिन् । पछिल्लो समय ओझेलमा रहेकी अभिनेत्री महिमाले चलचित्रले आफ्नो पनि चर्चा पुन चुलाउने बताइन् ।
पछिल्लो समयका ब्यस्त नायक मध्यका एक प्रज्वोल गिरीले चलचित्र राम्रो बनेको सुनाए । आफुले ७ आंै चलचित्रको रुपमा काम गरेको चलचित्र रिलिजमा आउँदा ५० चलचित्र माथि भएको बताए । सधैं एक्सनमा देखिने प्रज्वलले सकसमा पनि राम्रो एक्सन रहेको जानकारी दिए ।
निर्माण युनिटले मंगलबार नै चलचित्रको शीर्ष गीत पनि सार्वजनिक गरेको छ । गीतमा संसारमा बाच्नका लागि संसारमा व्याप्त सकसलाई तोड्नु पर्ने सन्देश दिइएको छ ।
चेतन सापकोटाको संगीत र स्वर रहेको गीत अभिनेता अभिनेता सुन्दर श्रेष्ठ, विल्सन बिक्रम राई, प्रज्वल गिरी लगायत माथी फिचरिङ गरिएको छ ।
सुन्दर श्रेष्ठको निर्माण रहेको चलचित्र काठमाडौँमा गुण्डाहरुको राज कसरी चल्छ, कसरी गुण्डा बन्छन्, गुण्डालाई हेर्ने सिस्टम कस्तो छ भन्ने बिषयमा बनेको छ । मौनता श्रेष्ठको लेखनमा बनेको चलचित्रमा सुन्दर, प्रज्वल, महिमाको अलवा सुस्मा कार्की, विल्सन विक्रम राई, रविन्द्र खडका, श्याम राई लगायत कलाकारको मुख्य भुमिका रहेको छ ।
अक्कल सिंह र दोभान फिल्मस् प्रा.लिको प्रस्तुति रहेको चलचित्र कृष्ण श्रेष्ठले खिचेका हुन् । हिमाल केसीको द्वन्द्व रहेको चलचित्रमा कमल राई र समिर मियाको कोरियोग्राफी रहेको छ ।
चलचित्र देशभर एकसाथ प्रदर्शनमा आउन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिआरआई नेपालको सर्वोत्तम हितमा छः पूर्वप्रधानमन्त्री खनाल
-
आत्मसमर्पण गर्ने युक्रेनी सेनालाई मारिँदैन : पुटिन
-
गण्डकीमा मगरढुट र गुरुङ भाषा : मगर र गुरुङको कथा
-
गण्डकी प्रदेशमा मगरढुट र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन असहज छैन
-
सिराहामा करेन्ट लागेर एक युवकको मृत्यु
-
‘सरकारी कामकाजको भाषाका लागि विधेयक बनिसक्यो’