शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बिग बस ११ः ढिंचेक पूजाको टाउकोमा जुम्रै जुम्रा, प्रतिस्पर्धी तनावमा

मङ्गलबार, ०७ कात्तिक २०७४, ११ : ५७
मङ्गलबार, ०७ कात्तिक २०७४

बिग बस–११ मा कमनरको रुपमा प्रवेश पाएकी ढिंचेक पूजाको घरभित्र अहिलेसम्म कसैसँग पनि झगडा भएको छैन तर पनि अन्य प्रतिस्पर्धी उनका कारण तनावमा देखिएका छन् । वास्तवमा, पूजासँगै बेड सेयर गर्ने प्रतिस्पर्धी अर्शी खानले उनको टाउकोमा जुम्रा नै जुम्रा भएको सबैलाई बताएपछि अन्य प्रतिस्पर्धी तनावमा देखिएका छन् । पूजासँग अन्य प्रतिस्पर्धी टाढै बस्ने कुरा गर्न थालेपछि हितेन तेजवानी र शिल्पा सिन्देले ‘बिग बस’ सँग जुम्राका लागि औषधी मगाएपछि उक्त विषय शान्त भयो ।

चौथो हप्ताको नोमिनेशन बिग बस आफैंले प्रतिस्पर्धीको नाम बोलाएर गरे ।

बिग बसका अनुसार शिल्पा शिन्दे, विकास गुप्ता, बंदगी कालरा, पुनिष शर्मा, अर्शी खान, महजबी सिद्दिकीलाई एभिक्शनका लागि नोमिनेट गरियो ।

पछि नोमिनेट प्रतिस्पर्धीलाई घरका सुरक्षित सदस्यले आफूसँगै ल्याउने गोल्डन चान्स पाए ।

यस्तोमा अर्शीले बेनाफशा सूनावाललाई, महजबीले ज्योती कुमारी, पुनिषले सपना चौधरी र बंदगीले लव त्यागीलाई आफ्नो स्थानमा नोमिनेट गरे ।

घरकी क्याप्टेन हिना खान र नयाँ प्रतिस्पर्धी ढिंचेक पूजा नोमिनेसनबाट सेफ रहे ।

त्यस्तै, बिग बसले हिनालाई आकाश ददलानीलाई नोमिनेट गर्ने मौका दिए । जसको उनले पूरा फाइदा उठाए ।

बिग बसमा फिर्ता हुनसक्छन् प्रियंकः

बिग बसमा पहिलो हप्ता नै घरबाट बाहिरिएका प्रतिस्पर्धी प्रियंक शर्मा चाँडै नै कार्यक्रममा फिर्ता हुनसक्छन् ।

 प्रियंक ढिंचेक पूजासँगै घरमा वाइल्ड कार्ड एन्ट्री गर्ने भनिए पनि अब प्रियंक एक्लै चाँडै कार्यक्रममा प्रवेश गर्ने सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप