भाइरल भइरहेछ मानव अनुहार भएको बिरालोको तस्बिर, पुलिसले बताए वास्तविकता
मङ्गलबार, ०७ कात्तिक २०७४, ११ : ३४
आजकाल सोसल मिडियामा मानव अनुहार भएको बिरालोको फोटो भाइरल भइरहेको छ । दाबी गरिए अनुसार उक्त बिरालो मलेसियामा जन्मिएको छ जसको अनुहारको बनावट मानिसको जस्तै छ र यसलाई एक ल्याबमा राखिएको छ । यस्तै, स्थानीय पुलिसले यस्तो कुनै पनि दाबीलाई झुटो बताएको छ । आफूहरुलाई यस्तो कुनै पनि बिरालो जन्मिएको खबर नआएको पुलिसले बताएको छ । यद्यपी, सोसल मिडियामा भाइरल भइरहेको यो फोटोपछि एक पटक पुनः मानिसको जस्तै अनुहार भएको जनावरको जन्ममा चर्चा सुरु भएको छ ।
फोटोमा बिरालोजस्तै देखिने यो जीवको टाउको र आँखा मानिसको जस्तै देखिएको छ भने कपाल र छाला पनि मानिसको जस्तै देखिएको छ । यस्तै पुलिसको अनुमान अनुसार यो फोटो अनलाइन बेच्न राखिएको सिलिकन बेबी वेयरवुल्फ हुनसक्छ । उक्त फोटोलाई पहिले इन्टरनेटबाटै डाउनलोड गरिएको र त्यसपछि भाइरल बनाएको पुलिसको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरीमा डुबेर बालिकाको मृत्यु
-
आईपीएलमा आज : दिल्ली र हैदराबादबिच सधैँ कडा टक्कर
-
बुवाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ
-
हाइड्रोजनमा केन्द्रित बन्दै नेपाल, केयूको सहयोगमा बुद्धभूमिले सम्भाव्यता अध्ययन गर्ने
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन