शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

देउसी भैलोसंगै साहित्यकार सम्मानित

मङ्गलबार, ०७ कात्तिक २०७४, ०८ : ५२
मङ्गलबार, ०७ कात्तिक २०७४

साउदी अरब-को रियादमा नेपालीले महान चाड दिपवाली मनाएका छन् । दिपावलीको अवसरमा देउसी भैलो कार्यक्रम  पनि भएको छ । 
सृजना सांस्कृतिक समूह र विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरबको संयुक्त आयोजनामा देउसी भैलो आयोजना गरिएको थियो ।

सोही अवसरमा बिश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरबको बार्षिकी मुखपत्र यात्रा मरुभूमिको अंक ३ पुस्तक पनि बिमोचन भएको थियो ।
सृजना सांस्कृतिक समूहका बिज्ञान राईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूत डा महेन्द्र सिंह थिए । 
आयोजक समितिको तर्फबाट बिमल बजगाईले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा गितकार  तथा साहित्यकारहरु बाबुलाल बुढा ढाङढुङे,  बिदेशीदाको गजल संग्रह लाल बहादुर थापा बगाले  बगालेका गजल संग्रह, गितकार दिपेन्द्र खड्का, बालकृष्ण पौडेल र बिमल बजगाईलाई मायाको चिनोले सम्मान गरिएको थियो । 

कार्यक्रमको प्रायोजक गर्नेहरुलाई  खाता र सम्मानपत्रले सम्मान गरिएको थियो । विभिन्न राजनीति दलमा सम्मीलित भातृ संगठनका प्रमुखहरु तथा पदाधिकारी कलाकार साहित्यकार महिला लगायत बृहत उपस्थितमा सांगीतिक कार्यक्रम साहित्यिक कविता गजल बाचन र बिचमा कलाकारहरुबाट सांगीतिक मनोरंजन गरिएको थियो 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप