बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओप्पो मोवाइलले ल्याउँदै छ नयाँ सेल्फी एक्स्पर्ट, यस्तो छ फिचर्स

सोमबार, ०६ कात्तिक २०७४, २० : ३५
सोमबार, ०६ कात्तिक २०७४

काठमाडौं – ओप्पो मोबाइलले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट सार्वजनिक गर्ने तयारी गरेको छ । सार्वजनिकको तयारीमा रहेको ओप्पोको नयाँ फोन नेपालमा ब्राण्डकै पहिलो फुल स्क्रिन मोडल हुनुका साथै यसमा नेपाली सेल्फी प्रेमीलाई विशेष ध्यानमा राखि उद्योगकै पहिलो आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) प्रविधि उपलब्ध गरिएको जनाएको छ ।

कम्पनीको ‘दि सेल्फी एक्स्पर्ट एण्ड लिडर’को परिचयलाई थप सुदृढ बनाउनुका साथै सेल्फी मनपराउने युवा जमातको समग्र मागको सम्बोधन गर्ने कम्पनीले विस्वास लिएको छ ।


एआई ब्यूटी रिकग्निसन प्रविधि : ‘क्याप्चरिङ दि रियल यू’

नेपालमा उपस्थित फोन ब्राण्ड मध्य पहिलो पटक ओप्पोले यस फोन मार्फत सेल्फीका लागि फ्रण्ट क्यामेरामा आर्टिफिसियल ईन्टेलिजेन्सी प्रविधि समाहित गरेको छ । नयाँ सेल्फी एक्स्पर्टमा अत्याधुनिक एआई ब्यूटी प्रविधि उपलब्ध छ । यसले वैश्विक फोटो डाटाबेस मार्फत आर्टिफिसियल ईन्टेलिजेन्सीको प्रयोग गर्दै सेल्फीलाई अझ आकर्षक बनाउन सघाउने कम्पनीको दावी छ ।

ओपोको पहिलो फुल स्क्रिन उपकरण

सार्वजनिक हुन लागेको नयाँ उपकरण ओप्पोकै पहिलो फुल स्क्रिन एफएचडी डिस्प्ले मोडल हो । यसले फोनको आकार ठूलो नबनाइकनै जीवन्त तथा उत्कृष्ट दृष्यानुभुति दिन्छ । उच्च रिजोल्यूशन क्षमता सहितको स्क्रिनले उपभोक्तालाई जीवन्त दृष्यानुभुति प्रदान गर्छ ।
 

सार्वजनिक गर्ने तयारीमा रहेको नयाँ सेल्फी एक्स्पर्टमा पछिल्ला उत्पादनका तुलनामा अझ आरामदायी सञ्चालन अनुभुति प्रदान गर्ने सोचका साथ परिस्कृत सञ्चालन प्रणाली उपलब्ध हुनेछ । नेपाली बजारमा नयाँ फोन नोेवेम्बर महिनाको मध्यतिर सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप