आइफोन– एटका लागि यो हदसम्म गुज्रन तयार भइन् यी किशोरी, भाइरल भए तस्बिर
आइफोन–एट पाउने चाहनामा यी चीनियाँ युवती यो हदसम्म गुज्रन तयार भइन् कि हेर्नेहरु अचम्ममा परे । चीनकी १७ वर्षीया Xiao Chen ले आइफोन–एट पाउने चाहनाका लागि कथित रुपमा आफ्नो कुमारीत्व बेच्ने घोषणा सोसल मिडियामा गरेकी छिन् । उनको घोषणापछि ती किशोरीमाथि जे भयो, त्यसको उनले कल्पना पनि गरेकी थिइनन् ।
उनको यस्तो पोष्ट पढेर नाना नामकी एक ब्लगरले उनलाई पाठ पठाउने सोच बनाइन् । ब्लगरका अनुसार आइफोनका लागि ती किशोरीको यस्तो प्रकारको अफर निकै लज्जास्पद थियो । त्यसकारण उनले ती किशोरीमाथि प्रैंक भिडियो बनाउने सोचिन् ।
ब्लगर नानाले एक धनी व्यवसायीकी सेक्रेटरी भएको नाटक गरेर यी किशोरीसँग सम्पर्क गरे । नानाले युवतीसँग डील गर्नका लागि भेट गरिन् र आइफोन–एटको बदलामा होटलमा उनीसँग रात बिताउन चाहेको बताइन् ।
ती किशोरीले उनलाई आइफोन खरिद गर्नका लागि २० हजार युआनको आवश्यकता भएको त्यसकारण उनी यसका लागि तयार भएको बताइन् । ती किशोरीले उनकी एक साथीसँग पनि आइफोन खरिद गर्नका लागि पैसा नभएकाले उनले पनि आफ्नो कुमारित्व बेचेर आइफोन खरिद गरेको नानालाई बताइन् ।
डिल हुनेबित्तिकै नानाले आफ्ना क्रु–मेम्बर्सलाई बस बनाएर युवतीसँग कोठामा पठाइयो र त्यसपछि जे भयो त्यसले ती किशोरीको होस उड्यो ।
डील हुने बित्तिकै ती किशोरीसँग कोठामा बोस (क्रु मेम्बर्स) आए र उनको अगाडि आइफोन बक्स दिए ।
कोठामा उनीसँगै सर्ट नलगाएका पुरुषले प्रवेश गरे र युवतीलाई बेडमा लडाएर भिडियो बनाउन सुरु गरे ।
यो प्रैंक सुरु हुनेबित्तिकै महिला पूर्ण रुपमा डराइन् र उनले आइफोन फिर्ता लिएर आफूलाई जान दिन बिन्ति गर्न थालिन् ।
ती किशोरीले निकै रोएर बिन्ती गर्न थालिन् । त्यतिबेला नै ब्लगर नेनाले उनलाई उक्त प्रैंकबारे बताइन् र उनलाई पाठ पढाउनका लागि यस्तो गरेको बताइन् । नानाले पैसाको लागि सेक्स गर्नु गलत हो भनी ती किशोरीलाई सम्झाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’
-
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
-
अमेठीमा उम्मेदवारी दिनुअघि राहुल गान्धीले अयोध्यामा रामको दर्शन गर्ने
-
माओवादीको स्थगित जागरण अभियान सञ्चालन अन्योलमा
-
गुठी विधेयक छिट्टै ल्याउँछौँ : मन्त्री अधिकारी
-
मधेसमा लुंगेलीले पाइन् श्रम मन्त्रालयको जिम्मेवारी