शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो देखियो गाडी बिनाको ठमेल (फोटोफिचर)

सोमबार, ०६ कात्तिक २०७४, १५ : २०
सोमबार, ०६ कात्तिक २०७४

काठमाडौँ । राजधानीको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ठमेलमा अत्यावश्यकबाहेक अरु सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्को संयुक्त आयोजनामा सुन्दर, शान्त र स्वच्छ ठमेल निर्माणका लागि सार्वजनिक सवारी साधनलाई प्रवेशमा कडाइ गरिएको हो । 

महाशाखा र परिषद्ले गत असोज ३१ मा पत्रकार सम्मेलन गरी अत्यावश्यक सवारी साधनबाहेक ठमेल क्षेत्रमा अरू सवारी साधनलाई प्रवेशमा कडाइ गर्ने जानकारी दिएको थियो । 

पानी, एम्बुलेन्स, दमकल, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनलाई कडाइ गरिएको छ । 

ठमेलभित्र जाने सवारी साधनले त्रिदेवी मार्गबाट मात्र जान पाउने, ट्याक्सी, हाइस, भ्यान, मोटरसाइकललाई जथाभावी रोक्न नदिने, ठमेलभित्रका एकतर्फी बाटोमा रोक्ने सवारी साधनलाई कडाइ गरिएको छ भने ठाउँठाउँमा ट्राफिक संकेत राखिएको छ। 

ठमेललाई नमूना पर्यटकीय शहरका रुपमा विकास गर्नका लागि आज महाशाखाका प्रमुख सर्वेन्द्र खनाल, परिषद्का अध्यक्ष समीर गुरुङ, महाशाखाका अन्य कर्मचारी र पर्यटन व्यवसायी संयुक्तरुपमा अभियान सञ्चालन गरेका हुन् । 

धेरै धुवाँ निकाल्ने सवारी साधन, हर्न बजाउने सवारी साधन र जथाभावी चलाउने सवारी साधनलाई विशेष निगरानी गरिएको छ । महाशाखाले ठमेल क्षेत्रलाई विश्वकै नमूना शहर बनाउन विभिन्न समिति बनाएको छ । ठमेल क्षेत्रमा काठमाडौँ महानगरपालिकाको १६, १७, २६ र २८ वडा पर्छन् । 

महाशाखाले ठमेललाई सवारी साधनमुक्त क्षेत्रका रुपमा विकास गर्न लैनचौर, सोह्रखुट्टे, खुशीबुँलगायतका क्षेत्रमा पार्किङको समेत व्यवस्था गर्न लागेको छ । केही दिनभित्रै ठमेलभित्र जानका लागि अत्यावश्यक सवारी साधनलाई पासको व्यवस्था गरिने महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप