बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सोमबार, ०६ कात्तिक २०७४, १३ : २६
सोमबार, ०६ कात्तिक २०७४

काठमाडौं– पहिलो चरणमा प्रदेश नम्वर १ का सात जिल्लामा प्रदशसभा र प्रतिनीधिसभाको चुनाव हुँदैछ । सोलुखुम्वु, ओखलढुङ्गा, ताप्लेजुङ, संखुवासभामा, पाँचथर, भोजपुर र खोटाङमा पहिलो चरणमा चुनाव हुँदैछ, जहाँ आइतवार मनोनयन पनि दर्ता भएको छ ।
ती जिल्लामा केही ‘हेभीवेट’ नेता मैदानमा छन् । आखिर १ नम्वर प्रदेशका ६ जिल्लामा कस्तो चुनाव हुन सक्छ ? रातोपाटीले स्थानीय तहमा दलहरुले पाएको मतको आधारमा यो सामाग्री तयार पारेको छ, जसले सम्भावित चुनावी खेल बुझ्न पाठकलाई सहज हुनेछ ।
जिल्लागतह हिसवाले हेरौँ, १ नम्वर प्रदेशमा कस्तो हुन सक्छ चुनाव
 
१ सोलुखुम्बु
मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि सोलुखुम्बुमा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमकुमार राई र नेपाली कांग्रेसका तर्फबाट बलबहादुर केसीवीच चुनावी प्रतिष्पर्धा हुँदैछ । रातोपाटीले स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरुले पाएको मतका आधारमा पहिलो चरणमा हुने जिल्लामा उनीहरुको उपस्थितिलाई आंकलन गरेको छ । गएको स्थानीय तहको निर्वाचनमा बाम दलले सोलुखुम्बुमा २१ हजार ६ सय ९९ मत पाएको थियो भने नेपाली कांग्रेसले १२ हजार ७ सय १८ मत पाएको थियो । यस आधारमा यहाँ बाम गठबन्धनको मत कांग्रेसले पाएको भन्दा ८ हजार ९ सय ८१ मत भन्दा धेरै छ । यहाँ पनि बाम गठबन्धनलाई जित्न नेपाली कांग्रेसलाई कडा चुनौती रहेको छ । प्रतिनीधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा ६९ हजार ४ सय २२ मतदाता रहेका छन् ।
 
२ ओखलढुङ्गा
 
ओखलढुङ्गामा प्रतिनिधी सभा निर्वाचनका लागि बाम गठबन्धनबाट एमालेका यज्ञराज सुनुवार र नेपाली कांग्रेसका तर्फबाट रामहरी खतिवडाका बिच प्रतिष्पर्धा हुँदैछ ।
रातोपाटीले स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरुले पाएको मतका आधारमा पहिलो चरणमा हुने जिल्लामा उनीहरुको उपस्थितिलाई आंकलन गरेको छ । स्थानीय तहको निर्वाचनमा यहाँ बाम गठबन्धन दलले ३३ हजार ५ सय ३१ मत पाएको थियो भने नेपाली कांग्रेसले २६ हजार १ सय ५ मत पाएको थियो । यहअधारमा यहाँ बाम गठबन्धनको पक्षमा नेपाली कांग्रेसको भन्दा ७ हजार ४ सय २६ मत बढी छ ।
ओखलढुङ्गामा अन्य तीन दल राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम र नयाँ शक्तिले पाँच सय मत समेत पु¥याउन सकेका छैनन् । २०७० को दोश्रो संविधान सभाको निर्वाचनमा एमालेका तर्फबाट ओखलढुङ्गा क्षेत्र नं. १ बाट बिजयी सांसद यज्ञराज सुनुवार र २ बाट निर्वाचित रामहरि खतिवडावीचको चुनावी प्रतिष्पर्धा रोचक हुने भएको छ ।
अहिले ओखलढुङ्गामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ भने १ लाख २ हजार २ सय ६३ मतदाता रहेका छन् । यही एक मात्र क्षेत्रमा दुई नेतावीच भीडन्त हुँदैछ ।
 
३ ताप्लेजुङ
आइतबार पहिलो चरणमा हुने प्रत्यक्ष तर्फको निर्वाचनका लागि ३२ जिल्लामा विभिन्न दलका तर्फबाट प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलका नेताहरुले उम्मेदवारी दर्ता गराएका छन् ।  हामीले स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरुले पाएको मतका आधारमा पहिलो चरणमा हुने जिल्लामा उनीहरुको उपस्थितिलाई आंकलन गरेका छौँ ।
मंसिर १० गते हुने निर्वाचनका लागि ताप्लेजुङ्मा प्रतिनिधी सभा निर्वाचनका लागि नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनबाट एमाले नेता योगेश भट्टराई र नेपाली कांग्रेसका तर्फबाट केशब दाहाल प्रतिष्पर्धा गर्दैछन् ।
 
यहाँ स्थानीय तहको निर्वाचनमा बाम गठबन्धनको २४ हजार ९ सय १७ मत आएको थियो भने नेपाली कांग्रेसको १९ हजार ५ सय ७२ मत आएको थियो । यसआधारमा यहाँ नेपाली कांग्रेसको भन्दा बाम गठबन्धनको  ५ हजार ३ सय ४५ मत बढी छ । ताप्लेजुङमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १२ सय ७ मत रहेको छ । यहाँ अन्य दलहरुको अवस्था भने नाजुक रहेको छ । यसआधारमा यहाँ बाम गठबन्धनको चुनौती सामना गर्न कांग्रेसलाई कठिन पर्नेछ ।
प्रतिनिधी सभा निर्वाचाका लागि एक क्षेत्र रहेको ताप्लेजुङमा ७८ हजार ४ सय ११ मतदाता रहेका छन् ।
 
४ संखुवासभा
प्रदेश नम्बर १ को पूर्वी पहाडी जिल्ला संखुवासभामा प्रतिनिधी सभा निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको छ । यहाँ १ लाख ५ हजार ६१ मतदाता रहेका छन् ।
यहाँ माओवादी केन्द्र र एमालेको बाम गठबन्धनबाट एमालेका राजेन्द्र गौतम र नेपाली कांग्रेसका तर्फबाट दीपक खड्का चुनावी मैदानमा छन् । खड्का पूर्वमन्त्री हुन् ।
गत स्थानीय तहको निर्वाचनमा संखुवासभामा बाम गठबन्धनले ३३ हजार ६ सय २४ मत पाएको थियो भने नेपाली कांग्रेसले २७ हजार ४ सय ६१ मत ल्याएको थियो । यहाँ नेपाली कांग्रेसले भन्दा बाम गठबन्धनले ६ हजार १ सय ६३ बढी मत पाएको छ ।
संखुवासभामा राप्रपाको १ हजार मत छ भने अन्य दलको नगन्य उपस्थिति छ । बाम गठबन्धनलाई पराजित गर्ने हो भने यहाँ नेपाली कांग्रेसले कडा मिहिनेत गर्नुपर्ने देखिन्छ ।
 
५ पाँचथर
पाँचथरमा एमाले माओवादी गठबन्धनबाट एमाले नेता बसन्त नेम्वाङ् र नेपाली कांग्रेसका तर्फबाट भीष्मराज आङ्दाम्बे चुनावी प्रतिष्पर्धामा छन् ।
स्थानीय तहको निर्वाचनमा यहाँ बाम गठबन्धनले ४० हजार ४ सय १८ मत पाएको थियो भने नेपाली कांग्रेसले २७ हजार ७ सय ७६ मत पाएको थियो ।
यहाँ राप्रपाको १५ सय र संघीय समाजबादी फोरमको ११ सय हाराहारी मत छ । अन्य दलहरुको उपस्थिति नगन्य छ ।
यहाँ बामगठबन्धन दलको १२ हजार ६ सय ४२ मत बढी देखिन्छ ।
 
प्रतिनिधी सभा निर्वाचनका लागि एक क्षेत्र रहेको पाँचथरमा १ लाख २५ हजार २ सय २२ मतदाता रहेका छन् ।
 
६  भोजपुर
 
भोजपुरमा प्रतिनिधीसभा निर्वाचनका लागि बाम गठबन्धनबाट माओवादीका नेता सुदन किँराती र नेपाली कांग्रेसका तर्फबाट उमेशजंग रायमाझीबिच प्रतिष्पर्धा हुने भएको छ ।
 
स्थानीय तहको निर्वाचनमा भोजपुरमा बाम गठबन्धनले ३८ हजार ४ सय ५४ मत पाएको थियो भने नेपाली कांग्रेसले २० हजार ५ सय ६१ मत पाएको थियो । जुन बाम दलले पाएको मत भन्दा १७ हजार ८ सय ९३ मत कम हो ।
 
पछिल्लो विवरण अनुसार भोजपुरमा १ लाख १३ हजार ८ सय ९६ मतदाता रहेका छन् ।
 
७ खोटाङ
 
प्रतिनिधीसभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको खोटाङमा १ लाख २५ हजार १ सय ७८ मतदाता छन् । यहाँ बाम गठबन्धनको तर्फबाट एमाले नेता विशाल भट्टराई र नेपाली कांग्रेसका तर्फबाट सरस्वती मजिमयवीच प्रतिष्पर्धा हुँदैछ ।
 
खोटाङ्मा गएको स्थानीय तहको निर्वाचनमा बाम दलले ३३ हजार ५ सय ३१ मत पाएको थिए ।
नेपाली कांग्रेसले २६ हजार १ सय ५ मत पाएको थियो । यहाँ नेपाली कांग्रेसले पाएको मत भन्दा बाम गठबन्धनको पक्षमा ७ हजार ४ सय २६ मत बढी मत छ ।
 
खोटाङमा अन्य दलहरुको अवस्था अत्यन्तै नाजुक अवस्था रहेको छ उनीहरुले पाँच सय मत कटाँउन सकेका छैनन् ।
 
 
प्रदेश नम्वर १ कै इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरीमा भने दोस्रो चरणमा चुनाव हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप