शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

न्यूयोर्कमा एचडिएनपीको देउसी भैलो सम्पन्न

सोमबार, ०६ कात्तिक २०७४, १२ : ३५
सोमबार, ०६ कात्तिक २०७४

न्युर्योक– हिन्दूहरुको दोस्रो ठुलो महान चाड शुभ दिपालीको अबसरमा समाजिक सस्था एच डिएनपीले न्यूयोर्कमा देउसी भैलो कार्यक्रम गरी तिहार मनाएको छ । 
न्युर्योकमा रहेका नेपालीहरुवीच खेलिएको देउसी भैलोमा लोकप्रिय कलाकारहरुको समेत बिशेष प्रस्तुती रहेको थियो । 
न्यूयोर्कको ज्याक्सन हाइट्स सत्य नारायण मन्दिरमा भएको उक्त कार्यक्रममा  चर्चित गायक तिलक बम मल्ल, बिमल डागी साथै बासुरीबादक रामसिङ लगायत सहभागि भएका थिए । 
कार्यक्रममा लेखक राजन थपलिया, कर्ण कुमारी भट्टका साथै जन सम्पर्क समिती न्यूयोर्कका सभापती रोशन ढुङ्गाना पनि सहभागि भएका थिए । कार्यक्रममा ३५०० डलर रकम उठेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप