बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

सोमबार, ०६ कात्तिक २०७४, १२ : २९
सोमबार, ०६ कात्तिक २०७४

काठमाडौं– मंसिर १० गतेको पहिलो चरणमा हुने प्रतिनिधी सभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा २ निर्वाचन क्षेत्र रहेका छन् । यी दुई निर्वाचन क्षेत्रमा नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धन र नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीवीच चुनावी तालमेल भएको छ ।
 
क्षेत्र नं. १ मा माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवारवीच प्रतिष्पर्धा हुने भएको छ भने क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार र राप्रपाका उम्मेदवारवीच प्रतिष्पर्धा हुँदैछ ।
क्षेत्र नं–१
 

मंसिर १० गतेको पहिलो चरणमा हुने प्रतिनिधी सभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा २ निर्वाचन क्षेत्र रहेका छन् । यी दुई निर्वाचन क्षेत्रमा नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धन र नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीवीच चुनावी तालमेल भएको छ ।

क्षेत्र नं. १ मा माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवारवीच प्रतिष्पर्धा हुने भएको छ भने क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार र राप्रपाका उम्मेदवारवीच प्रतिष्पर्धा हुँदैछ । 
क्षेत्र नं–१ 

क्षेत्र नं. १ अन्र्तगत त्रिपुरासुन्दरी, लिसंखु पाखर, सुनकोसी, भोटेकोसी, जुगल गाँउपालिका पर्दछन् भने बाह्रबिसे नगरपालिका र चौतरा साँगाचोकगढी नगरपालिकाका वडा नं. २, ३, ४, ९ र १० वडा रहेका छन् । 

सिन्धुपाल्चोक–१ मा बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा र  लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका नेता तथा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतवीच प्रतिष्पर्धा हुँदैछ । 

गएको स्थानीय तहको निर्वाचनमा क्षेत्र नं. १ मा बाम गठबन्धनले ४३ हजार २ सय ८३ मत ल्याएको थियो भने नेपाली कांग्रेसले २२ हजार ४ सय ३७ मत ल्याएको थियो । यस्तै राप्रपाले ३  हजार ८ सय ६९ मत ल्याएको थियो । 

यस आधारमा लोकतान्त्रिक गठबन्धनको मत २६ हजार ३ सय ६ मत रहेको छ । अर्थात यहाँ लोकतान्त्रिक गठबन्धन भन्दा बाम दलको १६ हजार ९ सय ७७ मत बढी छ । 


 
क्षेत्र नं–२
सिन्धुपाल्चोक क्षेत्र–२ अन्र्तगत पाँचपोखरी थाङपाल गाँउपालिका, हेलम्बु गाँउपालिका, मेलम्ची नगरपालिका, इन्द्रावती गाँउपालिका, चौतरा साँगाचोकगढी नगरपालिका वडा नं. १, ५, ६, ७, ८, ११, १२, १३, १४ पर्दछन् ।
 
क्षेत्र नं. २ मा बाम गठबन्धनबाट एमालेका नेता शेरबहादुर तामाङ र नेपाली कांग्रेस र राप्रपाको गठबन्धनबाट पशुपतिशमशेर राणावीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।
 
गत स्थानीय तहको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं. २ मा बाम गठबन्धनले कुल ४० हजार ७ सय ९० मत पाएका थिए । नेपाली कांग्रेसले २१ हजार ९ सय ८० मत पाएको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ हजार ४ सय ५७ मत पाएको थियो ।
 
यस अधारमा हेर्दा यहाँ लोकतान्त्रिक गठबन्धनको ३० हजार ७ सय ३७ मत रहेको छ, जुन बाम गठबन्धनको मत भन्दा १० हजार ३ सय ५३ मत कम हो ।
 
सिन्धुपाल्चोकका दुई निर्वाचन क्षेत्रमा २ लाख२६ हजार ५ सय ३३ मतदाता रहेका छन् । 

 

यो पनि पढ्नुहोस्

नुवाकोटमा रामशरण र अर्जुननरसिंह केसीलाई कति खतरा ?

ताप्लेजुङमा योगेश भट्टराईलाई ‘टक्कर’ दिने काँग्रेससँग कति छ मत ?

पूर्वमन्त्री दीपक खड्कलाई टक्कर दिने बामगठबन्धनसँग संखुवासभामा कति मत ?

सोलुखुम्बुमा बलबहादुर केसीलाई बाम गठबन्धनबाट कति खतरा ?

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप