बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटमा रामशरण र अर्जुननरसिंह केसीलाई कति खतरा ?

सोमबार, ०६ कात्तिक २०७४, ११ : ४१
सोमबार, ०६ कात्तिक २०७४

काठमाडौँ । आगामी मंसिर १० गते प्रदेश नंबर ३ का ६ जिल्लामा निर्वाचन हुँदैछ । 

यो प्रदेशका नुवाकोट, रामेछाप, दोलखा, धादिङ, सिन्धुपाल्चोक र रसुवामा पहिलो चरणमा निर्वाचन हुँदैछ । 

यसमध्ये नुवाकोटमा प्रतिनिधीसभा निर्वाचनका लागि २ निर्वाचन क्षेत्र रहेका छन् । क्षेत्र नं. १ मा शिवपुरी गाँउपालिका, दुप्चेश्वर गाँउपालिका, पन्चकन्या गाँउपालिका, तादी गाँउपालिका, सूर्यगढी गाँउपालिका, लिखु गाँउपालिका, ककनी गाँउपालिका रहेका छन् ।
 
क्षेत्र नं. १ मा बाम गठबन्धनका तर्फबाट हितबहादुर तामाङ र नेपाली कांग्रेसका तर्फबाट डा. रामशरण महतवीच प्रतिष्पर्धा हुँदैछ । नुवाकोट क्षेत्र नंंं. १ का ७ स्थानीय तहमा गएको निर्वाचनमा बाम गठबन्धनले ३६ हजार ९ सय ६२ मत ल्याएको थियो भने नेपाली काँग्रेसले २२ हजार ६ सय ५२ मत ल्याएको थियो ।
 
यस आधारमा हेर्दा नुवाकोट क्षेत्र नं. १ मा नेपाली कांग्रेसको भन्दा बाम गठबन्धनको १४ हजार ३ सय १० मत बढी रहेको छ । यसअघिका संसदीय निर्वाचनमा विजयी हुँदै आएको नेपाली कांग्रेसलाई आउँदो चुनावमा जित निकाल्न कठिन पर्ने देखिएको छ ।
 
नुवाकोट क्षेत्र नं. २ मा बेलकोटगढी नगरपालिका, तारकेश्वर गाँउपालिका, बिदुर नगरपालिका, मेघाङ गाँउपालिका र किस्पाङ गाँउपालिका रहेका छन् । यो क्षेत्रमा बाम गठबन्धनका तर्फबाट एमालेका नारायणप्रसाद खतिवडा र नेपाली कांग्रेसका तर्फबाट अर्जुननरसिंहबीच केसीवीच प्रतिष्पर्धा हँुदैछ ।

यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा दुई बाम दलले ३९ हजार ३ सय २५ मत पाएको थियो भने नेपाली कांग्रेसले २१ हजार ४ सय ६६ मत पाएको थियो । यसआधारमा यहाँ १७ हजार ८ सय ५९ धेरै मत बामदलको पक्षमा रहेको छ ।

नुवाकोटका दुई क्षेत्रमा २ लाख ०८ हजार १ सय ७४ मतदाता रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप