पूर्वमन्त्री दीपक खड्कलाई टक्कर दिने बामगठबन्धनसँग संखुवासभामा कति मत ?
सोमबार, ०६ कात्तिक २०७४, ११ : २८
१

काठमाडौं– प्रदेश नम्बर १ को पूर्वी पहाडी जिल्ला संखुवासभामा प्रतिनिधी सभा निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको छ ।
यहाँ १ लाख ५ हजार ६१ मतदाता रहेका छन् ।
यहाँ माओवादी केन्द्र र एमालेको बाम गठबन्धनबाट एमालेका राजेन्द्र गौतम र नेपाली कांग्रेसका तर्फबाट दीपक खड्का चुनावी मैदानमा छन् । खड्का पूर्वमन्त्री हुन् ।
गत स्थानीय तहको निर्वाचनमा संखुवासभामा बाम गठबन्धनले ३३ हजार ६ सय २४ मत पाएको थियो भने नेपाली कांग्रेसले २७ हजार ४ सय ६१ मत ल्याएको थियो । यहाँ नेपाली कांग्रेसले भन्दा बाम गठबन्धनले ६ हजार १ सय ६३ बढी मत पाएको छ ।
संखुवासभामा राप्रपाको १ हजार मत छ भने अन्य दलको नगन्य उपस्थिति छ । बाम गठबन्धनलाई पराजित गर्ने हो भने यहाँ नेपाली कांग्रेसले कडा मिहिनेत गर्नुपर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पे विनाको खेलमा रियाल विजयी, भाल्भर्डले उभ्याए उपाधि दौडमा
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शर्मालाई
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै