शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा म्यादी प्रहरीको छनोट प्रक्रिया शुरु

आइतबार, ०५ कात्तिक २०७४, २१ : ११
आइतबार, ०५ कात्तिक २०७४

किरण श्रेष्ठ 

तनहुँ– नेपालीहरुको दोस्रो महान पर्व दिपावली सकिए लगत्तै आइतबार देखि तनहुँमा म्यादी प्रहरीको छनोट प्रक्रिया अघि बढाइएको छ । 

आइतबार मात्रै १ देखि १ हजार सम्मका व्यक्ति छनोट गरिएको छ । म्यादी प्रहरी छनोट गर्दा तौल, उचाई, स्वास्थ्य परिक्षण, सेट अप, पुस अप, दौड लगायतमा क्रियाकलाप गराइएको छ ।  

 बाँकी १ हजार ७ सय १३ जनाको सोमबार छनोट प्रक्रिया सम्पन्न गरिने तनहुँका डिएसपी एवं सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । छनोट भएका व्यक्तिहरुको ७ गते नामावली प्रकाशित गरिने र ८ गते लिखित परिक्षा हुने डिएसपी मल्लले बताए । 

म्यादी प्रहरी भर्ना छनोट गएका व्यक्तिहरुले मादक पदार्थ सेवन गरेको, टाटु हानेको जस्ता व्यक्तिलाई  छनोट प्रक्रियामै सामेल नगराइएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा म्यादी प्रहरीको लागि आवेदन दिनेको संख्या २ हजार ७ सय १३ जना पुगेका छन् ।

तनहुँको लागि आवश्यक म्यादी प्रहरी १ हजार ८४ रहेको छ । म्यादी प्रहरीको लागि भूपु सेना, भूपु नेपाल प्रहरी, स्थानीय तहको निर्वाचनमा छनोट भएका म्यादी प्रहरी र अन्य सर्वसाधारणहरुको सहभागिता रहेको छ ।

स्थानीय तहको निर्वाचनको तुलनामा प्रतिनिधी सभा र प्रदेश सभाको लागि म्यादी प्रहरीमा आवेदन दिनेको संख्या ह्वात्तै बढेको तनहुँका प्रहरी प्रमुख एसपी उमेशराज जोशीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप