बाग्लुङमा एमाले र माओवादीको साथमा जनमोर्चा
थम्मन थापा
बाग्लुङ– आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको लागि बागलुङ जिल्लामा क्रियाशील राजनीतिक पार्टीका उमेदवारले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका छन ।
नेकपा एमाले, माओबादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरी संयुक्त रूपमा उमेदवारी दिएका छन् । बागलुङको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा एमालेबाट डा. सूर्य पाठक, नेपाली काँग्रेसबाट सहकारी तथा गरिबी निबारण राज्य मन्त्री चम्पादेबी खड्का, सङघीय समाजबादी फोरमका महेन्द्र जिसी, राप्रपा राष्ट्रवादीका सुमन जंङ राजभण्डारी, प्रदेश सभा (क) बाट नेपाली काँग्रेसका जिल्ला अध्यक्ष दिपेन्द्रबहादुर थापा, एमालेका जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटा, सङघीय समाजवादी फोरमका बद्रीकुमार श्रेष्ठ, राप्रपा राष्ट्रवादीका जयलाल सापकोटा प्रदेश (ख) बाट राष्ट्रिय जनमोर्चाका कृष्ण थापा, नेपाली काँग्रेसका निबर्तमान सांसद प्रकाश पौडेल, सङघीय समाजबादी फोरमका रमादेबि शर्माले उमेदवारी दर्ता गराएका छन् ।
बागलुङ जिल्लाको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा नेकपा माओबादी केन्द्रबाट माओबादीका केन्द्रीय नेता देबेन्द्र पौडेल, नेपाली काँग्रेसबाट पूर्व सांसद निरज पुन, सङघीय समाजबादी फोरमका यमबहादुर घर्तीमगर, प्रदेश सभा(क) माओबादी केन्द्रबाट चन्द्रबहादुर बुढा, नेपाली काँग्रेसका मन्जेश बम मल्ल, सङघीय समाजबादीका वीरबहादुर दर्जी, प्रदेश (ख) बाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती, नेपाली काँग्रेसका जीत शेरचन, सङघीय समाजबादी फोरम नेपालबाट यमकुमार पुनले उमेदवारी दर्ता गराएको निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिए ।
निर्वाचनमा मनोनयन दर्ता गर्न बामपंथी गठबन्धन नेकपा एमाले, माओबादी केन्द्र, राजमो तथा नेपाली काँग्रेसले छुट्टै नाराजुलुस सहित मुख्य निर्वाचन कार्यालयमा पुगेका थिए । बागलुङ जिल्लामा यस पटकको निर्वाचनमा नेपाली काँग्रेस र बामपंथी गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान