शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मैनाली बनिन् नेपाली वुमेन अफ अफ दि इयर अमेरिका

आइतबार, ०५ कात्तिक २०७४, २० : ५४
आइतबार, ०५ कात्तिक २०७४

विजय थापा 

वासिंगटन डीसी– नेपाली वुमेन अफ अफ दि इयर अमेरिका २०१७ मा संचारकर्मी तथा महिला अधिकारकर्मी सच्ची मैनाली बिजयी घोषित भएकी छिन् । अमेरिकाको पेनसेलभेनिया बसोबास गर्दै आएकी र हाल डीसी क्षेत्रबाट संचालित बिद्युतीय पत्रिका इ–नेप्लिज कि सहयोगी हात रहेकी मैनालीलाई गत अक्टोबर २१ तारिख डीसी महानगर क्षेत्रको भर्जिनियाको फल्सचर्च मा उक्त घोषणा गरिएको हो । 

उनलाई वुमेन इन कन्सर्ट युएस टुर २०१७ को बिजयी घोषणा कलाकार आस्था राउत तथा अभाया सुब्बाको सांगीतिक प्रस्तुति कार्यक्रम हुनु अगाडि घोषणा गरिएको थियो । 

पुरस्कृत भएपछि आफ्नो स्व. पिता कलाकार गोपालराज मैनालीलाई सम्झदै आफूमाथि थप जिम्मेवार बढेको उनले बताइन् । डीसी महानगर क्षेत्रमा स्थापित नेपाल तथा अमेरिकामा रहेका नेपाली मूलका कलाकारहरुलाई अमेरिकामा अवसर तथा मंच प्रदान गर्दै आएको भिन्तुना इन्टरनेशनल अन्तर्गतको थ्रीई इन्टरटेनमेन्टले संस्थाले पहिलो पटक आयोजना गरेको उक्त घोषणामा मैनालीले सर्वाधिक सामाजिक संजाल बिद्युतीय मत तथा निर्णायकहरुको मत प्राप्त गरेपछि उनी बिजयी घोषित भएकी हुन् । 

उक्त मनोनयनमा नेपालमा समेत सामाजिक सेवामा काम गरेको तथा हाल अमेरिकामा रही नेपाली समुदायमा उल्लेखनीय योगदान गर्ने महिलाहरु मध्येबाट छनौट गरी एक जनालाई यो पुरस्कार प्रदान गर्ने गरिन्छ । 

उक्त प्रतिष्पर्धामा मनोनयन हुने महिलाहरुमा सच्ची मैनाली, मौसमी मल्ल, शान्ति श्रेष्ठ, बिना खड्का लामा, रुकमणि कार्की, सुमना दवाडी, प्रसिदा खनाल तथा उर्मिला पन्थी रहेका थिए । मौसमी मल्ल तथा सुमना दवाडीलाई उपबिजेता घोषणा गरिएको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप