शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुई दिनअघि बेपत्ता बालक मृत भेटिए

आइतबार, ०५ कात्तिक २०७४, २० : ३८
आइतबार, ०५ कात्तिक २०७४

सिरहा– सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरबाट दुई दिनअघि हराएका बालक आइतबार बेलुका मृत भेटिएका छन् । 

स्थानीय कुसुम यादवका छोरा ११ वर्षीय अशेष यादवको शव घर नजिकैको कमला नहरको नर्सरीमा भेटिएको जिल्ला प्रहरी प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए । 

कात्तिक ३ गते घरैबाट बालक हराएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए । परिवारको उजुरीपछि खोजतलासको क्रममा प्रहरीले आइतबार बेलुका बालकको शव फेला पारेको हो । बालकको शनिवार हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी कोइरालाले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप