शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मतपत्रबारे निर्णय गर्न सात सदस्यीय समिति गठन

आइतबार, ०५ कात्तिक २०७४, २० : १८
आइतबार, ०५ कात्तिक २०७४

काठमाडौ– निर्वाचन आयोगले सर्वोच्च अदालतबाट आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपत्रका बारेमा भएको आदेशको कार्यान्वयनको सिलसिलामा आयोगबाट एकै सीटमा दुईवटा मतपत्र भएको निर्णय र तयारी सम्बन्धमा अध्ययन, परामर्श तथा विस्तृत छलफल गरी आयोगमा प्रतिवेदन पेश गर्न एक समिति गठन गरेको छ । 

आयोगको कात्तिक ३ गते बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । आयोगका सहसचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको आयोगले जनाएको छ । 

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीको दुईवटा मतपत्र एउटा सीटमा र पहिलो हुने निर्वा्चित हुने निर्वाचन प्रणालीको दुईवटा मतपत्र अर्को सीटमा गरी दुवै सभाका सदस्यको निर्वाचनका लागि एकै सीटमा दुई÷दुईवटा मतपत्र छाप्ने आयोगको निर्णय विरुद्ध सर्वाेच्चमा मुद्दा परेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप