शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर उद्योग वाणिज्य संघमा महर्जन

आइतबार, ०५ कात्तिक २०७४, १९ : २९
आइतबार, ०५ कात्तिक २०७४

ललितपुर– ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णलाल महर्जन निर्वाचित भएका छन् । ३८ औं वार्षिक साधारण सभा पश्चात भएको निर्वाचनबाट कृष्णलाल महर्जनको नेतृत्वमा आगामी २ वर्षको लागि नयाँ कार्यसमिति चयन गरिएको हो । 

नयाँ कार्यसमितिको पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा भरतलाल जोशी, उद्योगतर्फको उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, उपाध्यक्ष संस्थागत तर्फ वीरेन्द्रलाल श्रेष्ठ चयन भएका छन् भने वाणिज्यतर्फ उपाध्यक्षमा रुपकुमार शाक्य छन् । त्यस्तै, महासचिवमा मनोजबहादुर न्याछ्यों, कोषाध्यक्षमा सचेन्द्रराज जोशी चयन भएका छन् । 

सदस्यहरुमा उद्योगतर्फ सुनिल शाक्य, सुशन महर्जन, मिलन शाक्य, कृष्ण श्रेष्ठ, रमेश सिंह महर्जन र श्रीजेशलाल शिल्पकार चयन भएका छन् । 

यसैगरी, वाणिज्यतर्फ लजना श्रेष्ठ, भूमि नन्दन कर्माचाय, रुपेन्द्रराज शाक्य, महेश श्रेष्ठ, सबिनलाल प्रधान, उशन बज्राचार्य र रुपक मान महर्जन चयन भएका छन् ।

संस्थागततर्फ राजेन्द्रकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । एशोसियटतर्फ राकेश भक्त मुल्मी चयन भएका छन् । निर्वाचित अध्यक्ष, पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई मतगणना सके लगतै निर्वाचन समितिले संघको सभाकक्षमा स्वागत गर्दै निर्वाचित प्रमाण पत्र वितरण गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप