बझाङमा ७ दलको उम्मेदवारी, एमालेका दुई उम्मेदवार वागी
सम्राट सिंह
बझाङ– आगामी मसिर १० गते हुने तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बझाङमा सात दलको उम्मेदवारी परेको छ । एमालेबाट टिकट वितरणमा रुष्ट पक्षबाट दुई जनाले बागी उम्मेदवारी दर्ता गराएका छन् ।
बाम गठबन्धनको संयुक्त जुलस र नेपाली काङगे्रसको एकल जुलुसले बजार परिक्रमा गरेपछि दुबै दलले उम्मेदवारी दर्ता गरेका थिए । साना दल र स्वतन्त्र उम्मेदवारहरुले पनि आइतबार जुलुससहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराए ।
नेकपा एमालेको टिकट वितरण प्रक्रियाबाट असन्तुष्ट २ जनाले बागी उम्मेदवारी दर्ता गराएका छन । एमालेको तर्फबाट गोपालबहादुर खड्काले प्रतिनिधिसभा र शेरबहादुर बोहराले प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को लागी बागी उम्मेदवारी दिएका छन् ।
उम्मेदवार सिफारिसका क्रममा एमालेको निर्वाचन क्षेत्रीय कमिटीमा भएको निर्वाचनमा बढी मत पाउनेलाई टिकट नदिएर कम मत पाउनेलाई केन्द्रले टिकट दिएकोप्रति एमाले जिल्ला कमिटी अध्यक्ष दिलबहादुर सिंह लगायतका केही नेता रुष्ट भएका छन् । यस्तै, अन्तिम अवस्थामा टिकट केन्द्रीय सदस्य भैरवबहादुर सिंहले पाएपछि पूर्वमन्त्री भानुभक्त जोशीसमर्थक कार्यकर्ताहरु पनि रुष्ट भएको बताइन्छ ।
बागी उम्मेदवारी दर्ता गर्दै प्रतिनिधिसभाका लागि बागी उम्मेदवारी दिएका गोपाल खड्काले पार्टीमा लोकतान्त्रिक अभ्यासको कदर नभएपछि आफूले बागी उम्मेदवारी दिनु परेको बताए ।
उम्मेदवार सिफारिसका क्रममा नेकपा एमालेको निर्वाचन क्षेत्रीय कमिटीमा भएको निर्वाचनमा प्रदेशसभाका लागि जिल्ला अध्यक्ष दिलबहादुर सिंहले ४७ मत र अर्जुन थापाले २४ मत प्राप्त गरेका थिए । एमालेले कम मत प्राप्त गर्ने थापालाई टिकट दिएको भन्दै अध्यक्ष समर्थक कार्यकर्ताहरु रुष्ट भएका हुन ।
बाम गठवन्धनको तर्फबाट प्रतिनिधिसभाको लागि भैरबहादुर सिंह र नेपाली काङग्रेसकातर्फबाट पृथ्वीबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशतर्फ एमालेका अर्जुनबहादुर थापाले क्षेत्र नं १ र क्षेत्र नं २ मा माओवादी केन्द्रका तर्फबाट देवकी मल्लले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, नेपाली काङग्रेसबाट प्रदेशसभाका लागि चन्द्रा जोशीले क्षेत्र नं १ बाट र पूर्वराज्य मन्त्री नरेशबहादुर सिंहले क्षेत्र नं २ वाट उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दिने अन्य दलहरुमा विवेकशील साझा पार्टीबाट जिल्लाका अग्रज पत्रकार तथा साइपाल एफएमका अध्यक्ष मीनबहादुर सिंहले प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका छन । विवेकशील साझाकै मोहनबहादुर सिंहले प्रदेशसभा क्षेत्र नं १ र रविन्द्र बमले क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
नयाँ शक्ति पार्टीले प्रतिनिधिसभाका लागि जोगी कुँवरलाई उम्मेदवार बनाएको छ भने प्रदेश सभाका लागि क्षेत्र नं १ बाट डम्मर रावल र २ वाट कलकबहादुर रोकायालाई उम्मेदवार बनाएको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट प्रतिनिधिसभाको उम्मेदवार विश्व प्रकाश जेठारा भएका छन् भने प्रदेशसभाको क्षेत्र नं १ मा जगतबहादुर सिंह र २ बाट तारादत्त पण्डितले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै संघीय समाजबादी फोरमका भीमबहादुर थापा र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका धरणीधर नाथले देशभक्त जनगणतान्त्रिक मोर्चाका तर्फबाट प्रतिनिधिसभाका लागि मात्र उम्मेदवारी दिएका छन ।
प्रतिनिधिसभाका लागि १ निर्वाचन क्षेत्र रहेको बझाङमा कुल १ लाख ४ हजार २ सय ७५ मतदाता रहेका छन् । यसअघि भएको स्थानीय तहको निर्वाचनमा १२ वटा तह मध्ये ८ वटामा एमाले र ४ वटामा नेपाली काङग्रेसले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार