शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दधिराज सुवेदी साहित्य पुरस्कार प्रा डा सुवेदीलाई

आइतबार, ०५ कात्तिक २०७४, १८ : ५५
आइतबार, ०५ कात्तिक २०७४

काठमाडौँ । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले यस वर्षको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार’ साहित्यकार प्रा डा अभि सुवेदीलाई प्रदान गर्ने भएको छ । 

प्रतिष्ठानको आज बसेको बैठकले लामो समयदेखि नेपाली भाषा, साहित्य सिर्जनामा देश र विदेशमा समेत विशेष योगदान पुर्याएका प्रा डा सुवेदीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि रु ५१ हजार रहेको छ । 

प्रा डा सुवेदीका नेपाली लिट्रेचरः ब्याकग्राउण्ड एन्ड हिस्ट्री, विश्व साहित्यको ऐतिहासिक रूपरेखा, पाश्चात्य काव्य सिद्धान्त, अग्निकथा, निबन्ध र टँुडिखेल, जापानी हाइकु : हिजो र आजलगायत नाटक, निबन्ध, कविता समालोचना तथा अनुवाद विधाका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । 

यसैगरी दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार शिवबहादुर कार्कीलाई दिने निर्णय गरेको छ । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ । पत्रकार कार्की विराटनगरबाट प्रकाशित हुने दर्शन दैनिकका प्रधान सम्पादक हुन् । उनले पाँच दशकभन्दा बढी पत्रकारिताका क्षेत्रमा सेवा गरेका छन्। हरेक वर्ष प्रदान गरिने उक्त पुरस्कार गत वर्ष साहित्यकार प्रा डा गोविन्दराज भट्टराई र पत्रकार हरिबहादुर थापालाई प्रदान गरिएको थियो । 

पचास वर्षदेखि नेपाली भाषा, साहित्य र कला संस्कृतिको संरक्षण, स्रष्टाको सम्मानमा लाग्नुभएका सुवेदीको नाममा छोरा शरदराज सुवेदी र रुपकराज सुवेदीले बुबाको नाममा रु १५ लाखको कोष स्थापना गरी उक्त कोषको व्याजबाट प्रत्येक वर्ष पुरस्कार प्रदान गरिँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप