वाम गठवन्धनले दुई तिहाई ल्याउँछ : वर्षमान पुन
आइतबार, ०५ कात्तिक २०७४, १७ : १०
लिवाङ्– माओवादी केन्द्रका युवा नेता वर्षमान पुन अनन्तले वाम गठवन्धनलाई आगामी चुनावमा दुई तिहाई सिट ल्याउन कसैले रोक्न नसक्ने वताएका छन्।
आज रोल्पाको लिवाङमा उम्मेदवारी दर्ता गरे लगत्तै आयोजित सभामा वोल्दै नेता पुनले प्रत्यक्ष तर्फ काङ्ग्रेस गठवन्धनले दश सिट भन्दा वढि नल्याउने दावी गरे।
'अब दुई तिहाई वहुमत ल्याएर समाजवाद निर्माणको दिशामा हामी जानेछौं।' -पुनले भने -' काङ्ग्रेसी मित्रहरुले यसलाई अन्यथा रुपमा लिनु जरुरी छैन। '
वाम गठवन्धनले मुलुकको आर्थिक विकास र समृद्धिको ढोका खोल्ने नेता पुनले दावी गरे।
कार्यक्रममा एमाले नेता गोकुल घर्तीले वाम तालमेल ऐतिहासिक आवश्यकता भएको वताए। कार्यक्रममा रोल्पा प्रदेश (क )का उम्मेदवार कुलवहादुर केसि र प्रदेश( ख)का उम्मेदवार दिपेन्द्र पुनले वाम तालमेलले नेपाल नयां युगमा प्रवेश गर्ने वताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा